नेपाली फुटबल टिमका पूर्व किपर शाहीको निधन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व गोलरक्षक लोकबहादुर शाहीको निधन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल बक्सिङ संघका पूर्वमहासचिव तथा नेपाल आइस हक्की संघका संस्थापक अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका शाहीको आइतबार राति निधन भएको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले ६५ वर्षीय शाहीको गृहनगर दैलेखस्थित निवासमा निधन भएको बताए […]

पूरा खबर

पारस खड्काले गरे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भ्रमण (फोटोफिचर)

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्व कप्तान पारस खड्काले चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भ्रमण गरेका छन्। आज पारस खड्का र क्रिकेट एसोसियसन नेपाल (क्यान)का सदस्य छुम्बी लामाले उक्त मैदानको भ्रमण गरेका हुन्। कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले स्थापना गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले जनस्तरबाट सहयोग संकलन गरी यसको निर्माण गरिरहेको […]

पूरा खबर

पब्जी खेलेरै नेपाली युवाले कमाए ७१ लाख, २३ करोडमा नजर

मोबाइलमा युवाहरुमाझ लोकप्रिय गेम पब्जी खेलेरै नेपाली युवाहरुले ७१ लाख रुपैयाँ पुरस्कार जितेका छन्। ‘पब्जी मोबाइल प्रो–लिग साउथ एसिया’को विजेता र उपविजेता बनेका दुई नेपाली टोलीले उक्त रुपैयाँको पुरस्कार हात पारेका हुन्। लिगमा नेपाली पब्जी टिम एबरुप्ट स्लेयर्स एएसएलले उपाधिसँगै ४० हजार डलर अर्थात् नेपाली ४७ लाख ४० हजार रूपैयाँ तथा दोस्रो स्थान हात पारेको […]

पूरा खबर

नेपाली टोलीले जित्यो पब्जी मोबाइल गेमको अन्तर्राष्ट्रिय च्याम्पियन

काठमाडौं । नेपाली युवाहरुको एक समूहले मोबाइल गेमको अन्तर्राष्ट्रिय प्रतियोगिता जितेका छन् । नेपाली पब्जी टिम एब्रब्ट स्लेयर ९एएसएल० ले पब्जी मोबाइल गेम प्रतियोगिता पीएमपीएल साउथ एसिया सिजन टुको उपाधि जितेको हो । प्रतियोतिामा पहिलो भएको नेपाली पब्जी टिमले उपाधिसँगै करिब ४७ लाख रुपैयाँ पुरस्कार जितेका छन् । यस्तै नेपालकै अर्को टिम द रियल सोल्जरले पनि […]

पूरा खबर

३८ खेलाडी सहभागिता अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा आयुश ढुंगेलले स्वर्ण जिते

काठमाडौं, २३ कात्तिक । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का आयुश ढुंगेलले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । आयुशले यु–१४ पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । ब्राजिल तेक्वान्दो महासंघले आयोजना गरेको प्रतियोगितामा आयुशले खेलेको स्पर्धामा विभिन्न राष्ट्रका ३८ खेलाडीले सहभागिता जनाएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । ब्राजिल दोश्रो तथा युरोग्वे र […]

पूरा खबर

एक खेल पनि खेल्न नपाएका सन्दीप लामिछानेको यस्तो ट्वीट !

काठमाडौं। इण्डियन प्रिमियर लिगमा अब दुई खेल मात्र बाँकी छन् । आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच दोस्रो क्वालिफायर खेल हुँदैछ । यो खेलको विजेताले पर्सी मंगलबार मुम्बइ इण्डियन्ससँग उपाधिका लागि फाइनल खेल्नेछ । आज हार्ने टिमको लागि भने आजको खेल अन्तिम हुनेछ । दिल्ली क्यापिटल्समा नेपाली खेलाडी सन्दिप लामिछाने पनि आबद्ध छन् तर उनले […]

पूरा खबर

त्रिदिवसीय क्रिकेट प्रतियोगितामा वीरगन्ज विजयी

बारा — कलैयाको सिद्धेश्वर क्रिकेट खेल मैदानमा शनिबार भएको त्रिदिवसीय क्रिकेट प्रतियोगितामा वीरगन्ज ११ विजयी भएको छ । कलैया सिटी जेसिसको आयोजनामा भएको खेलमा वीरगन्ज ११, २६ रनले जित हात पारेको आयोजक खेलका संंयोजक सुभाष जयसवालले बताए । वीरगन्जले टस जितेर पहिले ब्याटिङ रोज्दै निर्धारित ३५ ओभरको खेलमा ९ विकेट गुमाइ १ सय ३५ रन […]

पूरा खबर

‘गोल अफ द सिजन’ अवार्ड क्रिस्टियानो रोनाल्डोलाई

काठमाडौं । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युईएफए च्याम्पियन्स लिग फ्यान्स ‘गोल अफ द सिजन’ अवार्ड जितेका छन् । भोटका आधारमा रोनाल्डोलाई अवार्डको घोषणा गरिएको हो । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले घोषणा गरेको च्याम्पियन्स लिगको गोल अफ दि सिजनमा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको हो । उनले सबैभन्दा धेरै मत पाए । च्याम्पियन्स […]

पूरा खबर

हारपछि बार्सिलोनामा प्रश्न, उमेर ढल्केका खेलाडीको भविष्य के होला ?

३२ साउन, काठमाडौं । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसंग हारपछि बार्सिलोनाको भविष्यलाई लिएर धेरै प्रश्न उठेको छ । डिफेण्डर जेरार्ड पिकेले क्याम्पनोउमा परिवर्तन हुनुपर्ने बताएका छन् र टोलीमा उमेर ढल्केका खेलाडी रहेकाले खेलाडीतर्फ धेरैको औंला तेर्सिएको छ । ‘कोही पनि अपरिहार्य छैन’ पिकेले भनेका छन् । कप्तान लिओनल मेसीसहित आधा दर्जन बढी खेलाडी ३० वर्षभन्दा माथिका […]

पूरा खबर

धोनीले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले सबै फ्याम्याटको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनले इन्स्टाग्राममा सन्देश लेख्दै सबैलाई धन्यावाद भनेका छन् । सन् २००७ मा भारतबाट कप्तानी गरेका उनले सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । धोनीले ३० डिसेम्बर २०१४ मा टेष्ट कप्तान […]

पूरा खबर