तिब्र आर्थिक विकासका लागि स्थिर र स्थायी सरकार आवश्यक : ओली

Uncategorized

मंसिर ११, २०७४-एमाले अध्यक्ष केपी ओलीले मुलुकमा तिब्र आर्थिक विकासका लागि निर्बाचन पछि बन्ने सरकार स्थिर र स्थायी हुन जरुरी रहेको बताएका छन् ।

उद्योग व्यापार संगठन रुपन्देहीले सञ्चालन गरेको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७४ को समापनका अवसरमा सोमबार भैरहवामा आयोजित समारोहमा बोल्दै अध्यक्ष ओलीले अव बन्ने सरकार उद्योग र विकासप्रेमी हुनुपर्ने समेत औल्याए ।

अहिलेको सरकारले पूँजीको उचित परिचालन गर्न र उपयुक्त नीति बनाउन नसक्दा सेयर कारोवारमा अस्थिर र गिरावट आएको आरोप ओलीले लगाए । नीजि क्षेत्रलाई प्रोत्साहित गरी उनीहरुसँग भएको पुँजीलाई बाहिर निकालेर औद्योगिक लगानीको बातावरण तयार पार्न सक्नुपर्ने उनको भनाई थियो ।

अव बन्ने सरकार मुलुकमा साम्प्रदायिकता भड्काउने र आपसी द्वेष फैलाउने खालको नभई लोकतन्त्रलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने खालकाे हुनेसमेत उनले दावी गरे ।

विकास निर्माणका कार्य सञ्चालनका लागि सस्तो दरमा ऋण लिएर र बैदेशिक सहयोग जुटाएर बजेटको कमी हुन नदिइने नीति एमालेको रहेको उनले उल्लेख गरे । भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल, बेलहिया–बुटवल छ लेनको सडक निर्माणमा विलम्ब गर्न नहुने पनि उनको मत थियो ।

लुम्बिनीलाई आधुनिक सहरको साथमा शान्ति शहरको रुपमा अघि बढाई बिश्वकै प्रमुख गन्तब्य स्थलमध्येको एक बनाईने ओलीले दावी गरे ।

महोत्सव आयोजक संस्था उद्योग व्यापार सगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले भैरहवामा १ सय ३२ केभीए बिद्युत प्रशारण लाईनको व्यवस्था मिलाउन र बेलहिया बुटवल छ लेनको सडक आयोजना निर्धारित समयमैं सम्पन्न गर्नका लागि पहलकदमी गर्न आग्रह गरेका थिए ।

साभार : kantipurdaily

Leave a Reply

Your email address will not be published. Required fields are marked *