खाडी मुलुकबाट घर फर्किने नेपाली कामदारको चाप बढ्यो

Uncategorized

पछिल्ला केही दिनदेखि त्रिभुवन अन्तराष्टिय विमानस्थलमा खाडी मुलुकबाट घर फर्किने नेपाली कामदारको चाप बढेको छ । आर्थिक मन्दीका कारण फेरि त्यता नफर्कने गरी स्वदेश आएका नेपाली कामदारको यकिन तथ्याङक भने छैन । काम गुमेपछि उनीहरु आफ्नै सुरले घर फर्किएका हुन् ।

आन्तरिक किचलो र कच्चा तेलको घट्दो व्यापारले खाडी मुलुकमा आर्थिकमन्दी सुरु भएको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपाली कामदार माथि परेको हो । त्यहाँका साना कम्पनी बन्द हुँदा धेरै नेपाली बेरोजगार भएका छन् । कतार, साउदी अरव , कुवेतमा रहेका साना कम्पनीले काम नदिएपछि उनीहरु रित्तो हात घर फर्किएका हुन् ।
साउदी अरवले कतारमाथि नाकावन्दी लगाउन सुरु गरेकै दिनदेखि कतारमा रोजगारीका अवसर गुम्दै गएको हो । त्यहाँ निर्माण क्षेत्रको कामले गति लिन सकेको छैन । राम्रा भनिएका कम्पनीले पनि काम नदिएको कामदारको भनाइ छ ।

आन्तरिक कलहमा अल्झिएका खाडी मुलुकहरुमा समस्या आएपछि ती देशबाट नयाँ कामदारको माग आउने क्रम पनि घटेको छ । नेपाली रोजगार व्यवसायीहरुका अनुसार खाडी राष्ट्रबाट कामदारको माग घटेको छ भने आएका माग पनि होल्ड भएका छन् । कम्पनीहरु पर्ख र हेरको अवस्थामा छन्।

श्रम विज्ञले खाडीका देशमा देखिएको समस्या अझ चर्किन सक्ने हुँदा समयमै अरु विकल्प खोज्न सुझाएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार अहिले पनि मलेसियामा र खाडीका देशमा करिव २० लाख नेपाली कार्यरत छन् । त्यहाँ कामदारको आम्दानी बढ्दा वा घट्दा त्यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पर्छ । त्यसैले बैदेशिक रोजगार व्यवसायमा आउने सक्ने समस्या र त्यसको निराकरणका लागि बेलैमा राज्यको सजकता आवश्यक छ ।

साभार : ekantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *