भाेट हालेपछि डा बाबुराम भट्टराइले गरे यस्ताे ट्वीट …..

Uncategorized

गाेरखा । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयाेजक तथा डा बाबुराम भट्टराइले राेमांचक मतदान गरेकाे प्रतिक्रिया जनाएका छन् । गाेरखा क्षेत्र नम्बर २ बाट प्रतिनीधि सभाका लागि उम्मेदवार बनेका भट्टराइले गेरखाकाे पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङबाट भाेट हालेका हुन् । भाेट हालेपछि उनजे ट्वीटरमा लेखेका छन् ”गोरखा-२ मा रोमांचक मतदान गरियो है!”

भट्टराईले संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो जीतमा कुनै शंका नै रहेको बताएका छन् । उनले हार जीतभन्दा पनि मतान्तर कति हुनेमा जनताको चाँसो रहेको पनि बताए । मतदान स्थल पुगेका भट्टराईले भने, ‘बहुदलीय राजनीतिमा सबैले प्रतिस्पर्धा गर्न पाउनुपर्छ । योग्य प्रतिस्पर्धी हुँदा आफ्नो क्षमता अभिबृद्धि हुन्छ भन्ने मान्यता म राख्छु । मेरो जीतमा कुनै शंका छैन । यहाँको बहस भनेको मतान्तर कति हुने हो भन्ने हो । किनभने पहिलेको निर्वाचनमा नेपाल भरीमा सबैभन्दा बढी मत ल्याएर मैले जितेको थिएँ । त्यसमा चाहीँ जनताको चाँसो हो, हार जितमा शंका छैन ।’

भट्टराइलार्इ नेपाली कांग्रेस सहितकाे लाेकतान्त्रिक शक्तिकाे समर्थन छ भने नेकपा माअाेवादी केन्द्र र नेकपा एमाले सहितकाे बाम गठबन्धनबाट नारायणकाजी श्रेष्ठ यही क्षेत्रबाट उम्मेदवार बनेका छन् । यी दुर्इ नेताबीचकाे प्रतिस्पर्धालार्इ निकै चासाेका साथ हेरिएकाे छ । दुबै नेताहरूले अाफूले जित्ने बताउँदै अाएका छन् । भट्टराईसँग चुनावी प्रतिष्पर्धामा रहेका माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारी मतदान केन्द्रबाट मतदान गरेका छन् ।

साभार : bigulnews

Leave a Reply

Your email address will not be published. Required fields are marked *