बियरले कपाल धुने गर्नुहोस्, नसोचेको फाइदा हुनेछ

Uncategorized

बियर पिउनु स्वास्थ्यका लागि फाइदाजनक होस् या नहोस्, तर बियर कपालका लागि भने फाइदाजनक हुन्छ । यदि पिउँदा पिउँदै बोतमा थोरै वियर बच्यो भने त्यसलाई नफाल्नुहोस् । बरु घरमा राखेर यसलाई हेयर कन्डिशनर बनाउनुहोस् ।

त्यसोभए जान्न जरुरी छ कि, बियरले कपाल धुँदा के फाइदा हुन्छ ः
नेचुरल हेयर कन्डिशनर
नेचुरल हेयर कन्डिशनरको प्रभाव आवश्यक भए बियरले कपाल धुनुहोस् । त्यसपछि हल्का गरम (मनतातो) पानीले कपाल पखाल्नुहोस् । यस्तो गर्नाले तपाईको कपाल मुलायम हुनेछ ।

बियर र स्याउको रस
कपलमा चमक ल्याउनु छ र घना बनाउनु छ भने बियर र स्याउको रस मिलाएर कपाल धुने गर्नुहोस् । स्याम्पु गरिसकेपछि मात्रै यो मिश्रलाई कपालमा लगाउनुहोस् र केही समयपछि सफा पानीले कपाल पखाल्नुहोस् ।

बियर र जोजोबा ओइल
एक सानो गिलासमा बियर हाल्नुहोस् र त्यसमा केही थोपा जोजोबा ओइल मिलाएर मिश्रण बनाउनुहोस् । र यो मिश्रलाई ठीक तरिकाले कपालको जडामा लगाउनुहोस् । केही समय यसलाई सुक्न दिएर अनि राम्रोसँग सफा पानीले कपाल धुनुहोस् । यसले तपाईको कपाल झर्ने समस्यालाई कम गर्ने छ ।

कागती, मह र बियर
यदि तपाईलाई धेरै फाइदा चाहिएको छ भने बियरको पूरै बोतललाई रातभरि खुला छाडिदिनुहोस् । त्यसपछि उनलाई केही मिनेट तताउनुहोस् । त्यसमो केही थोपा कागतीको रस र २ चम्चा जति मह मिलाउनुहोस् । यो मिश्रण कपालमा लगाएर कम्तीमा १५ मिनेटसम्म सुक्न दिनुहोस् । त्यसपछि सफा पानीले पखाल्नुहोस् । यसले गर्दा तपाईको कपालमा चमक ल्याउनुका साथै कपाल झर्ने, लठ्ठा पर्ने समस्याबाट छुटकरा पाइनेछ ।

बियर, पानी र स्याम्पु
यदि तपाई बढी झन्झट गर्न चाहनुहुन्न भने सिधै स्याम्पु र पानीसँग बियर लिमाएर कपालमा लगाउनुहोस् । यस्तो गर्नाले तपाईको कपाल बिलियो हुनुका साथै कपाल झर्ने समस्याबाट छुटकरा पाइने छ ।
बियरमा फस्फोरस, म्याग्नेशियम, पोटाशियम तथा मालटोस पाइन्छ । जो कपालमा लागि महत्वपूर्ण भिटामि मानिन्छन् । बियरमा बायोटिन पनि हुन्छ । जसले तालु खुइलिने समस्याबाट छुटकरा पाउन सकिन्छ । यस्ते वियरमा पाइने मालटोसले कपलाई बलियो बनाउनका साथै भिटामिन सी प्राप्त हुन्छ । जसले कपालमा प्राकिृतक चमक ल्याउँछ ।

साभार : hamrosandesh

Leave a Reply

Your email address will not be published. Required fields are marked *