बुटवलको चुनावी सभामा आज प्रचण्ड सहभागी नहुने, केपी ओली र बादलले सम्वोधन गर्ने !!

Uncategorized

बुटवल !! मंसिर ६ !! बुटवलमा आज कम्युनिष्ट गठबन्धनको चुनावी सभा हुदैछ, र चुनावी सभामा प्रचण्ड सहभागी नहुने भएका छन् ।

सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता रामबहादुर थापा ‘बादल’ले सम्वोधन गर्नेछन् । यसअघि माओवादी अध्यक्ष प्रचण्डले पनि सभालाई सम्बोधन गर्ने भनिएको थियो । आयोजकले पनि ओली र प्रचण्ड मुख्य वक्ता भनेर तस्वीरसहितको व्यानर र पोष्टरहरु तयार पारेका थिए ।

तर छोरा प्रकाश दाहालको निधन भएकाले प्रचण्डले चुनावी सभालाई सम्वोधन गर्ने छैनन् । मंगलबार चितवनको सभामा पनि प्रचण्ड उपस्थित मात्रै भए, सम्वोधन गरेनन् । जहाँ-जहाँ अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने भनिएको थियो, ति सबै सभामा रामबहादुर थापा बादलले सम्वोधन गर्नेछन् ।

साभार : enepalpost

Leave a Reply

Your email address will not be published. Required fields are marked *