धान काट्ने क्रममा श्रीमानले श्रीमतीलाई हँसियाले घाँटी काटेर खेतमै विभत्स हत्या

Uncategorized

आज सप्तरी जिल्ला बोदे बर्साइन नगरपालिका वडा नं 3 गौरा मा धान काटने क्रममा श्रीमान ले श्रीमतीलाई हँसिया ले घाटी काटेर हत्या गरेको छ।यो समाचार हामीले सुरज यादवले फेसबुकमा शेयर गर्नु भएको हो।तर उहाँले हत्या गरिएकी महिला र हत्याराको नाम चाहिं उल्लेख गर्नु भएको छैन।

उहाँले शेयर गर्नु भएको फोटोहरु अनुसार धानवारीमा एकजना महिलाको विभत्स हत्या भएको छ।शरीर देखि शिरलाई अलग गरिएको छ।निलो रंगको साडी र निलो रंगकै ब्लाउज लगाएको अवस्थामा धान काटेर पाँजा मिलाएको माथि लास घोप्टो परेको अवस्थामा छ।तस्वीरमा हेर्नुहोस्।

यो हत्याको प्रकृति हेर्दा त्यतिखेर हत्यारा लोग्नेले चरम राक्षसी रुप धारण गरेको हुनुपर्छ।अर्को फोटोमा राक्षसरुपी ती हत्यारा लोग्नेलाई दुबै हात पछाडी लगेर बाँधिएको अवस्था छ।फोटो अध्ययन गर्दा निज हत्यारालाई घरमै बाँधेर राखिएको आभास हुन्छ।सायद प्रहरी नआउञ्जेल भाग्न उम्कन नपाओस् भनेर होला।

जसको जतिसुकै ठुलो गल्ती होस् त्यसलाई सुधार्न सकिन्छ तर ज्यानै लिनु पर्ने त थिएन। ज्यान मार्नु जत्तिको गल्ती,अपराध अनि पाप अरु कुनै छैन।यसरी निर्मम र विभत्स हत्या गर्ने हत्यारालाई कानुन बमोजिम कडा भन्दा कडा सँजाय होस्।

साभार : devchulipost

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *