एमालेका पूर्व वडा अध्यक्ष सहित पाँच सयभन्दा बढी कांग्रेसमा प्रवेश

Uncategorized

श्रम मन्त्री मंसुरले गरे स्वागत

कलैया । नेकपा एमालेका पूर्व वडा अध्यक्ष दुर्गा देवी पौडैल एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन । कलैया उपमहानगरपालिकाको २ मा आयाजित घरदैलौ कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रम कांग्रेसमा प्रवेश गर्दै पौडेलले एमालेले अतिवादमा लागि मुलुकमा द्वन्द्व फैलाउने काम गरेको प्रवेश गरेको बताइन् । उनले मुलुकको विकासको लागि नेपाली कांग्रेसको एजेण्डा मात्र सहि देखिएकोले आफुले प्रवेश गरेको बताइन् । दोस्रो संविधान सभाको निर्वाचन क्षेत्र नं. ३ नेपाली जनता दलका प्रत्याशी उम्मेदवार मुलचन पासवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

त्यसैगरी नेकपा एमाले, राजपा, संघिय समाजवादी फोरम, परित्याग गरी जयप्रकाश यादव, सियाराम पटेल, रामबिनय प्रसाद यादव, सुरेश यादव, राजेश कुमार यादव, बृजकिशोर यादव, गोरख राम, शिवजी यादव, चतुरी राउत कुर्मी सहित पांच सय भन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुर, क्षेत्र नं. ३ को १ का प्रदेश सभाका उम्मेदवार रामानन्द यादव, क्षेत्र नं. ६ का क्षेत्रिय सभापति मुकेश कुशवाहाले अबिर, माला लगाई स्वागत गरेका थिए ।

सो कार्यक्रममा श्रम तथा रोजगार मन्त्री तथा बारा क्षेत्र नं. ३ को प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुरले नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले निकाश पाएको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रम मन्त्री मंसुरले कांग्रेस नेतृत्वको सरकारले मुलुकमा नया संविधान ल्याएको बताए । उनले नेकपा एमाले र माओवादी केन्द्र नेतृत्वको सरकारले जनता सामु नया संविधान नल्याई सता मोहमा केन्द्रित भयो, मन्त्री मंसुरले भने कांग्रेस नेतृत्वको सरकारले जनतामाझ प्रतिबद्धता गरेको नयाँ संविधान मुलुकमा ल्याएको छ ।

नयाँ जारी भएको संविधानमा हिमाल, पहाड, तराई–मधेशका मधेसी, जनजाति, दलित, आदिवासी, थारु, मुस्लिम, पिछडिएका वर्गहरुको अधिकार सुनिश्चित गरिएको छ । नया संविधान जारी भएसंगै मुलुकमा विकाससिल तर्फका कामहरु नेपाली कांग्रेसले पहिलादेखि गर्दै आएको र पहिलाको भन्दा अहिले द्रुत गतीमा विकास गर्न चाहेको छ । मुलुकलाई विकाशित राष्ट्रको रुपमा निमार्ण गर्दै आर्थिक उन्नती, स्मृद्धिको दिशामा लैजाननको लागि वाम गठबन्धनलाई चिर्दै नेपाली कांग्रेसको उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरुलाई आग्रह गरे।नेपाली कांग्रेसको पक्षमा जनलहर आईसकेकोले अत्याधिक बहुमत सहित नेपाली कांग्रेसका उम्मेदवारहरुलाई नेपाली जनताहरुले विजयी गराउने मन्त्री मंसुरले विश्वास व्यक्त गरे ।

क्षेत्र नं. ३ को १ का प्रदेश सभाका उम्मेदवार रामानन्द यादवले देशको भलोको लागि नेपाली कांग्रेसले मात्र चाहेको बताउनुभयो । वहांले मुलुकमा नेपाली कांग्रेसले नया संविधान ल्याई सबै जात–जातीको अधिकारलाई सुनिश्चित गर्दै मुलुकलाई स्मृद्धि बनाउन खोजेको छ, त्यसको लागि कांग्रेसलाई मत दिन आग्रह गरे।

साभार : hamrakura

Leave a Reply

Your email address will not be published. Required fields are marked *