पोखरामा विभत्स दुर्घटना, बसको टायर मुनि स्कुटर चालकको मृत्यु र पोखरा अशान्त

Uncategorized

पोखरा, २४ कार्तिक । पोखराको लामाचौरमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।
विहीबार साँझ ६ बजे पोखरा माईक्रोबसले ईलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा पोखरा लेखनाथ १९ लामाचौर निवासी राम भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

बगरदेखि लामाचौरतर्फ गईरहेको ग १ ख ६४५४ नम्बरको बसले स्कुटरमा सवार भण्डारीलाई ठक्कर दिएको हो । स्कुटर बस मुनी पसेको थियो भने भण्डारीको टाउको क्षतविक्षत भएको छ । ४८ वर्षीय भण्डारीको शरीर नै टायरले किचेको थियो ।

भण्डारीको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । बस चालक र बस प्रहरी नियन्त्रणमा रहेको छ ।

बसको ठक्करबाट १ जनाको ज्यान गएपछि शुक्रबार बिहानैदेखि पोखरा अशान्त बनेको छ । मृतकका आफन्त दोषीमाथि कारबाही र क्षतिपूतिको माग गर्दै सडकमा निस्किएपछि पोखरा अशान्त बनेको हो ।

बिहीबार बगरबाट लाममाचौर जाँदै गरेको ग १ ख ६४५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पोखरा–१९ का ४७ वर्षीय राम भण्डारीको ज्यान गएको थियो । पोखरा नगर बस सञ्चालक समितिको बसले ठक्कर दिएर भण्डारीको ज्यान गएपछि मृतका आफन्तले लामाचौर क्षेत्रमा पोखरा नगर बस चल्न दिएका छैनन् ।

मृतकका आफन्तले उक्त बसलाई तत्काल कारवाही गर्न र मृतकका आफन्तलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

बगरबाट लामाचौरतिर एउटै दिशामा गइरहेको र आफ्नै साइडबाट गइरहेको इलेक्ट्रिक स्कुटरलाई पछाडिबाट ठक्कर दिएकाले चालकको गम्भीर लापरवाही भएको आफन्तले बताएका छन् ।

‘मृतकका आफन्तले क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै लामाचौर चोकमा प्रदर्शन गरिरहनुभएको छ,’ कास्की प्रहरी प्रवक्ता तथा डिएसपी खड्क खत्रीले भने, ‘हामीले दुवै पक्षलाई राखेर सहमति खोज्ने प्रयास गर्दैछौं ।’

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको खत्रीले जानकारी दिए ।

– अनलाइन खबरवाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *