आज बिहान ट्याक्सीभित्र मृत फेला परेको||को हुन् ट्याक्सी भित्र मृत अबस्थामा भेटिएका व्यक्ति, यसो भन्छ प्रहरी

Uncategorized

काठमाडौँ, कात्तिक २२ – भक्तपुरको मनोहरा खोला नजिक आज बिहान ट्याक्सीभित्र मृत फेला परेको शबको पहिचान खुलेको छ । मृतक व्यक्ति सर्लाही घुर्कयौली घर भइ हाल ललितपुरको कुुसुन्ती बस्ने ४९ वर्षीय यज्ञबहादुर खड्का रहेको भक्तपुर प्रहरी  प्रवक्ता कृष्ण प्रसाईंले बताए । उनी ट्याक्सी चालक भएको प्रहरीले जनाएको छ ।

दिब्यश्वरी प्लानिङको खाली जग्गामा बुधबार बिहान बा १ ज १०४० नम्बरको रोकिराखेको ट्याक्सीको पछाडिको सिटमा रातो ज्याकेट लगाएको व्यक्ति मृत अवस्थामा भेटिएको स्थानीयको भनाई छ । स्थानीयले प्रहरीलाई खबर गरे पछि प्रहरी घटना स्थल पुगेर अनुसन्धान गरेको थियो ।

टाउकोमा ढुंगाले हानेको घाउ भएकाले कसैले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । भक्तपुर प्रहरी प्रवक्ता प्रसाईंले बिभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको बताए।

साभार : onlinekhabarexpress

Leave a Reply

Your email address will not be published. Required fields are marked *