एउटा हातमा लौरो साहारा अर्को हातमा श्रीमती ७८ वर्षको उमेरमा बाजा बजाएर विवाह, छोरा र नाती जन्ती, सिडियो प्रमुख अतिथी

Uncategorized

यो घटना २०७३ साल माघ महिनाको हो तर अहिले पनि यो सामग्री पाठक समक्ष प्रस्तुत गर्दा सान्दर्भिक ठानेर ओझेलका खबरबाट भिडियो सहित पुनः प्रकाशित गरेका छौं |

प्रेम सुनार- गुल्मी
एउटा हातमा लौरोको साहरा, अर्को हातमा श्रीमतिको । गुल्मी अर्वेनीका लालबहादुर सुनारको कस्तो शौभाग्य ! ८१ वर्षको उमेरमा विवाह हुँदा छोरा र नाती जन्ती ,

सिडियो प्रमुख अतिथी ।
यसअघि अर्वेनी ५ का लालबहादुर सुनारले स्थानीय व्राम्हण समुदायकी ४३ वर्षिया महिला सवित्रा न्यौपानेसँग प्रेम सम्बन्ध राखेको आरोपमा गाउँ निकला भई त्यहाँका सिमित मानिसहरुले उनको घर भत्काउन लगाई वनवास पठाएको खबर रातोपाटीमा आइसकेको छ ।

 

उनै लालबहादुर र सावित्राले त्यो उमेरमा पुनर्विवाह गरेका हुन् । जुन स्थानमा अभद्र व्यवहार गर्दै गाउँ निकला गरिएको थियो, त्यसै स्थानबाट बाजा बजाउँदै उनीहरुलाई नव दम्पत्तिका रुपमा घरमा लगेर स्थानियवासी, दलित अधिकारकर्मी र सरकारी अधिकारीसहितको टोलीले भित्र्याएका हुन् ।
८१ वर्षीय वृद्धलाई परस्त्रीसँग सम्बन्ध राखेको आरोपमा वनवास पठाइयो

अभद्र व्यवहार गरिएको स्थान अर्वेनी गाविस भवनको प्राङ्गणमा आयोजित पुर्नस्थापना कार्यक्रममा ति दुवैलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले दोशल्ला ओढाँउँदै दुई हात जोडेर अभिनन्दन समेत गरेका छन् ।

भत्काईएको उनको घर स्थानिवासीले बनाएर उनिहरुलाई स–सम्मान पुनस्थापना र नौमति बाजामा नाँचगान गर्दै पुर्नविवाह गरीदिएका हुन् । पहिला खरले छाएको घर थियो अहिले टिनको छानाले छाइएको छ, दुई वटा कोठा र चिटिक्क परेको शौचालय समेत बनाईएको छ ।

गाविस भवनबाट पुर्नविवाहको टिका–टाला ग्रहण गर्र्दै बाजा गाजाका साथ अगाडी बढ्दै गरेको बेला ति नव दम्पत्तीलाई प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले सुखद् दाम्पत्य जीवनको शुभकामना समेत दिए । उनको शुभकामना ग्रहण गर्दै लालबहादुर एउटा हातमा लौरो टेक्दै र अर्को हातले दुलहीको हात समाउँदै लागे डेढ महिना पछि नवनिर्मित घरमा वस्न ।

करिव १५ मिनेटको उकालोबाटो सम्म उनले नवदुलहीको हात छाडेनन् । बाटोमा लल्जालु मुद्रमा रहेकी सावित्राले पनि उनको हात छोडेकी थिइनन् । सदरमुकामबाट पुगेका दर्जनौ दलित अधिकारकर्मी , मानवअधिकारकर्मी , पत्रकारहरु सयौं स्थानियवासी जन्तीका रुपमा गाविस भवनदेखि माथि जंगल विचमा रहेको उनको घरमा पुग्दै गर्दा खुशीले गद्गद ति दम्पत्ती घरको आँगनमा कम्मर मर्काउँदै नाँचेका ।

साभार : tanahaunpost

Leave a Reply

Your email address will not be published. Required fields are marked *