देउवाकी पत्नी, ओलीका सालो र प्रचण्डका ज्वाइँ र बुहारी चुनावी प्रतिस्पर्धामा

Uncategorized

काठमाडौं : नेपाली राजनीति परिवारवाद भन्दा टाढा छैन् भन्दा अतियुक्ति हुँदैन । देशमा राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ। आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुन शीर्ष नेताले आफन्तलाई कटि स्थानमा टिकट दिएका छन् तथ्य सार्वजनिक भएको छ । प्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमतीलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता गर्न कैलाली पुर्याएका छन्।

देउवा आफू उपस्थित नभई वारेसनामा मार्फत् डडेल्धुरा १ मा उम्मेदवारी दर्ता गराए। श्रीमती आरजु राणा देउवाले तामझामका साथ कैलाली ५ मा पुगेर उम्मेदवारी दर्ता गराएकी छिन्।

उता एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा पुगेर उम्मेदवारी दर्ता गराए। वाम गठबन्धन गरेर आफ्नो जित सुनिश्चित गरेका ओलीले सिट बाँडफाँडको क्रममा प्रचण्डलाई आफ्नो मान्छेलाई एक सिट चाहिने भन्दै सालोलाई प्रदेशसभामा सुरक्षित गरेका छन्। ओलीका सालो ज्ञानेन्द्र शाक्य ललितपुर क्षेत्र नम्बर २ ख मा उम्मेदवार बनेका छन्।

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का नातागोता अझ बढी नै चुनावी मैदानमा देखिए। प्रचण्ड स्वयम् वाम गठबन्धनको तर्फबाट चितवन ३ मा मनोनयन दर्ता गर्न पुगे। छोरा प्रकाशकी श्रीमती अर्थात् बुहारी बिना मगरले कञ्चनपुर १ मा उम्मेदवारी दर्ता गराएकी छिन्। यता कान्छो स्वाइँ जीवन आचार्यलाई मोरङको क्षेत्र नम्बर ६ क मा प्रदेशसभाको उम्मेदवार बनाएका छन् भने भाइ नारायण दाहाललाई समानुपातिकको सूचीमा राख्न सफल भएका छन्।

यत्तिमात्र होइन मधेसवादी नेताहरुले समेत प्रत्येक निर्वाचनमा पत्नीलाई समानुपातिक सूचीमा राख्ने गरेका छन् । सबै दलका अधिकांश नेताले आफ्नो परिवार राजनीतिबाट अछुत नरहोस् भनेर आफन्तलाई कम्तिमा समानुपातिक सुचीमा अटाएकै छन् ।

माओवादी नेता वर्षमान रोल्पावाट चुनाव लड्दै छन् । श्रीमती ओनसरी घर्तिमगर समानुपातिकमा छिन् भने उनकी बहिनी सुशिला पुन काडमाडौं– १ क वाट प्रदेशसभा उम्मेदवार बनेकी छिन्।

साभार :OSnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *