कांग्रेसभित्रका महिला नेतृहरु कसले साहास गरे ? को–को डराए ? यस्तो छ भित्री कुरा !

Uncategorized

काठमाण्डौ । नेपाली कांग्रेसमा यसबेला केही प्रभावशाली महिला नेतृहरु प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ चुनाव लडिरहेका छन् भने अधिकांश हेभिवेट महिला नेतृहरु समानूपातिकतर्फ परेका छन् । कांग्रेस नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी डा.आरजु राणा देउवा पश्चिमको कैलाली–५ बाट उठेकी छन् भने अर्की नेतृ सरस्वती बजिमयी खोटाङ १ बाट,अम्बिका बस्नेत काठमाण्डौबाट चुनाव लडेकी छन् ।

त्यस्तै कांग्रेसमा लामो समयदेखि संघर्ष गर्दै आएकी अर्की नेतृ डिना उपाध्याय मकवनापुरबाट चुनाव लडेकी छन् भने सीता गुरुङ तेह्रथुमबाट उम्मेद्वार भएकी छन् । त्यस्तै, चम्पादेवी खड्का बाग्लुङबाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको चुनाव लडिरहेकी छन् । यसरी कांग्रेसका केही महिलाहरु प्रतिनिधिसभा र प्रदेशसभातर्फ पनि चुनाव लडिरहेका छन् ।

अधिकांश केन्द्रीय राजनीतिमा प्रभाव जमाउँदै आएका महिला नेतृहरु भने समानूपातिकमा रहेका छन् । समानूपातिकमा रहने महिला नेतृहरुको विषयमा अहिले कांग्रेसभित्र विभिन्न बहसहरु हुने गरेका छन् । एकथरीले उनीहरुलाई आफ्नो सिट सुरक्षित गर्न समानूपातिकमा बसेको बताइरहेका छन् भने अर्को थरी नेता कार्यकर्ताहरुले उनीहरुलाई पार्टीले अवसर नदिएको बताइरहेका छन् ।

कांग्रेसमा समानूपातिकतर्फ रहने महिला नेतृहरुमा सुजाता कोइराला, मिना पाण्डे, चित्रलेखा यादव, कमला पन्त, शिला खड्का लगायत रहेका छन् । यीमध्ये केही नेतृहरुले भने आफुलाई पार्टीले प्रत्यक्षतर्फ अवसर नदिएको बताउने गरेका छन् भने केहीले प्रत्यक्षतर्फ चुनाव लड्न डराएर समानूपातिक रोजेको कांग्रेसका नेता कार्यकर्ताहरु बताउँछन् ।

सूर्य खबर डटकमको अनुसार यद्यपि, प्रत्यक्ष चुनाव लड्न निर्वाचन क्षेत्रमा खटिएका महिला नेतृहरु भने निकै उमंगका साथ चुनावी तयारीमा देखिन्छन् । डा.आरजु देउवा, बजियम, डिना लगायतका महिला नेतृहरु अहिले प्रत्यक्ष रुपमा चुनावी क्षेत्रमा खटिरहेका छन् ।

साभार : karnalinews

Leave a Reply

Your email address will not be published. Required fields are marked *