काँग्रेस ले चितवनमा प्रचण्ड विरुद्ध रोजेको उम्मेदवार बारे जान्नुहोस ! यस्तो छ रहश्य

Uncategorized

चितवन, १६ कात्तिक – नेपाली कांग्रेस, चितवनले उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार, चितवन निर्वाचन क्षेत्र नं. १ मा एमाले नेता सुरेन्द्र पाण्डेसँग कांग्रेसले राजेन्द्र वुर्लाकोटीलाई उम्मेदवार बनाएको छ । यसअघि पनि बुर्लाकोटी पाण्डेसँग उठेर पराजित भएका थिए ।

चितवन क्षेत्र नं. १ को प्रदेश क्षेत्र (क) मा धनबहादुर गुरुङ र (ख) मा उत्तम आर्चायलाई उम्मेदवार बनाएको छ ।

क्षेत्र नं. २ बाट शिक्षाराज्यमन्त्री समेत रहेका शेषनाथ अधिकारीलाई कांग्रेसले टिकट दिएको छ । यो क्षेत्रमा वामगठवन्धनबाट एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल उम्मेदवार छन् । कांग्रेसले प्रदेश क्षेत्र (क) मा जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई र (ख) मा प्रकाश अधिकारीलाई उठाउने भएको छ ।

यस्तै, क्षेत्र नं. ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेलाई उठाउने सहमति यसअघि नै कांग्रेसले गरिसकेको छ ।

प्रदेश क्षेत्र (क) मा कांग्रेसले दिनेश कोइराला र (ख) मा साजनकुमार महतोलाई उम्मेदवार बनाउने भएको छ । यता, माओवादीको भागमा परेका चितवन क्षेत्र नं. २ को (क) र क्षेत्र नं. ३ को (ख) को उम्मेदवारको टुंगो अझै लागेको छैन ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल चितवन आएपछि मात्रै टिकटको टुंगो लाग्ने माओवादी नेता सूर्य सुवेदीले बताए ।

Source: kantipurplus

Leave a Reply

Your email address will not be published. Required fields are marked *