राजपा–कांग्रेस बैठक बालुवाटारमा जारी

Uncategorized

उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन बुधबार राजपा–कांग्रेस सहमतिको अन्तिम प्रयास बालुवाटारमा सुरु भएको छ। बैठकमा राजपा शीर्ष नेताहरु महन्त ठाकुर, शरतसिंह भण्डारी, महेन्द्र यादव, अनिल झा र राजकिशोर यादव छन्।
बिमलेन्द्र निधि र राजेन्द्र महतोको निर्वाचन क्षेत्रबारे दुई पार्टीबीच विवाद छ। पछिल्लोपटक निधि निर्वाचित भएका धनुषा–३ मा महतोले दावी गरेका छन्।
धनुषा– ३ लगायत अन्य केही ठाउँमा तालमेलको अन्तिम प्रयास भइरहेको एक राजपा नेताले सेतोपाटीलाई बताए।
मंसिर २१ मा हुने दोस्रो चरण निर्वाचनका निम्ति बिहीबार उम्मेदवारी दर्ता हुँदैछ।

साभार: setopatihttp://setopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *