बिहानै आयो दुख्द खबर: त्रिशूली नदीमा बस खस्यो, २ जनाको मृत्यु, २० जना बेपत्ता

Uncategorized

काठमाडौं । राजविराजबाट काठमाडौं आउँदै गरेको रात्री बस धादिङको गजुरी गाउँपालिका बागमोडस्थित त्रिशूली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ । १३ जना यात्रीको उद्दार गरिएको छ । अन्य २० जना भन्दा बढी यात्री नदीमा हराएका प्रहरी निरक्षक बरुण सिंहले जानकारी दिए ।

शनिबार बिहान ना ६ ख १४६७ नम्बरको रात्री बस त्रिशुली नदीमा खसेको प्रहरी निरक्षक सिंहले बताए ।

उद्दार गरिएका १३ जना यात्रुलाई उपचारको लागि गजुरी अस्पताल लगिएको छ । अन्य यात्रुहरुको उद्दारको लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित गरिएको छ ।

Source : Tajanepalinews

Leave a Reply

Your email address will not be published. Required fields are marked *