बिर्तामोडमा अनिश्चितकालीन कफ्र्यू

Uncategorized

झापा, १० कार्तिक । झापाको अर्जुनधाराका एक बालकको हत्याको विरोधमा बिर्तामोडमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले कफ्र्यू लगाएको छ। दसैंको टीकाको भोलिपल्ट मृत भेटिएका अर्जुनधारा, ११ का ११ वर्षीया बालक लक्ष्मण शिवाकोटीको हत्या भएको र हत्यारालाई प्रहरीले संरक्षण गरेको आरोपमा स्थानीयले गरेको प्रदर्शन हिंसात्मक बनेपछि कफ्र्यू लगाइएको हो।

जिल्ला प्रशासन कार्यालयले बिर्तामोडस्थित मुक्ति चोकबाट दुई किलोमिटरसम्मको दूरीमा निषेधाज्ञा जारी गरेको छ। शुक्रबार दिउँसो साढे एक बजेदेखि कफ्र्यू लगाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विष्णुकुमार केसीले जानकारी दिए। ‘हामीले संयमता अपनाउदा–अपनाउँदै प्रदर्शनले हिंसात्मक रुप लिएपछि अनिश्चित कालकालागि कफ्र्यू लगाइएको छ,ु उनले भने। त्यसक्रममा ३२ जनालाई नियन्त्रणमा लिइएको केसीले जानकारी दिए। नियन्त्रणमा लिइएकाहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।

केही प्रहरी पनि घाइते भएको जानकारी दिँदै उनले घाइतेहरुको यकिन विवरण प्राप्त नभएको बताए। दसैंको टीकाको दिन बेपत्ता भएका बालक शिवाकोटीको शव त्यसको भोलिपल्ट अर्जुनधारा( ५ को धानबारीमा फेला परेको थियो। मृतकका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएका छन्। प्रहरीले हत्यारालाई कारबाही गर्न आनाकानी गरेको तथा अनुसन्धानमा ढिलाइ गरेको भन्दै मृतकका आफन्त र स्थानीयवासी आन्दोलित बनेका हुन्।

Source: khabarbihani

Leave a Reply

Your email address will not be published. Required fields are marked *