१६ घन्टा लगाएर ४० डाक्टरले गरे जुम्ल्याहा बालकको शल्यक्रिया

Uncategorized

काठमाडौं, कात्तिक १० । भारतको उडिसामा टाउको जोडिएका दुई बालकको सफल शल्यक्रिया गरिएको छ ।
भारतिय संचारमाध्यमका अनुसार भारतीय आयुर्विज्ञान संस्थान, एम्सका ४० जना डाक्टरको टिमले १६ घण्टा समय लगाएर जुम्ल्याहा बालक जग्गा र कलियाको सफलतापूर्वक शल्यक्रिया गरी टाउको अलग्याउन सफल भएको बताइएको छ ।

क्टोबर २५ को बिहान ६ बजेदेखि सुरु गरिएको सो अपरेसनमा २० जना सर्जन, १० जना एनिस्थिसिया विशेषज्ञ संलग्न रहेको बताइएको छ ।बुधवार राति पौने नौ बजे दुई बालकको टाउको अलग गर्न चिकित्सकको टोली सफल भएको हो ।मस्तिष्क र नशा नै एक अर्कामा जोडिएका बालकलाई अलग गर्न थुप्रैं चरणको अपरेसन गर्नुपरेको बताइएको छ ।
अपरेसनका क्रममा एउटा बालकको हार्ट फेल हुने स्थिति भएको र अर्कोको मृगौलामा असर देखिएको थियो भन्दै उनले मुटुको बाइपास सर्जरी झै बालकको ब्रेनको बाइपास सर्जरी गरिएको बताए । अहिले उनीहरुको उमेर दुई वर्ष चार महिना भएको छ ।

Source: OSnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *