चुनावको मुखैमा शेरबहादुरले दिने भए चर्चित नेता गगन थापालाई यस्तो महत्वपूर्ण जिम्मेवारी, जसले पुग्नेछ काँग्रेसलाई नै फाइदा

Uncategorized

काठमाडौं । पूर्व स्वाथ्यमन्त्री तथा नेपाली काँग्रेसका प्रखर नेता गगन थापालाई पार्टीको प्रवक्ता बनाउन सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका छन् ।

कांग्रेसका प्रखर वक्ता तथा मिडियासँग निकै नै राम्रो सम्बनध बनाएका गगनलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा आएर प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाले काँग्रेस स्वयमका लागी राम्रो हुन कदम चाल्न आँटेका हुन् ।

पार्टी सभापति निर्वाचित भएको झण्डै एक वर्ष हुन लाग्दा पनि पार्टी पदाधिकारीसमेत पूर्णता दिन नसकेका देउवाले चुनावमा मुखमा आएर कांग्रेसका प्रखर वक्ता मानिने थापालाई प्रवक्ता बनाउन लागेका हुन् ।

नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराउँदै कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदारलाई समेत महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेको स्रोतको भनाई रहेको छ ।

तपाईलाई यो पोस्ट कस्तो लाग्यो ? अवश्य कमेन्टमा लेख्नुहोला, मनपरे जानकारी शेयर गर्नु होला । थप जानकारीका लागि हाम्रो वेब साइटमा जानुहोस् धन्यबाद । https://etajakhabar.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *