खतरा छैन अफगानिस्तानमा ? सम्पर्कमा आएका नेपाली पनि स्वदेश नफर्की काममै जान थाले

जानकारी

काठमाडौ । अफगानिस्तानमा तालिवानले देश कब्जा गरेपछि त्यहाँ रहेका विदेशी नागरिकहरुले धमाधम देश छोड्न थाले । नेपालीहरु जोखिममा रहेको भन्दै नेपालले पनि विभिन्न निकायलाई सम्पर्क गरि नेपालीलाई उद्दार गर्न आग्रह गर्यो । केही नेपाली मंग वार नेपाल फर्किएका छन् ।

उनीहरु अमेरिकाको सहयोगमा नेपाल फर्किएका हुन् । केही नेपाली बुधवार पनि फर्कदै छन् । तर परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट सम्पर्कमा आएका केही नेपाली स्वदेश नफर्की काममै जान थालेको जानकारी आएको बताएको छ। सम्पर्कमा आएका मध्ये केहि नेपाली नागरिकहरू अफगानिस्तानको पछिल्लो अवस्था आँकलन गरी आफ्नो नियमित काममा फर्किएको जानकारी आएको मन्त्रालयको भनाइ छ ।

मंगलवार तालिवानी नेताले पहिलो पटक पत्रकार सम्मेलन गर्दै सबैलाई आम माफि दिएको र विदेशी नागरिकलाई पनि कुनै खतरा नभएको बताएका थिए । उनीहरुले समान्य दैनिकी जस्तै काम गर्न सबैलाई आग्रह गरेका छन् ।

 

यता परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यहाँ रहेका र सम्पर्कमा आउनुभएका मध्ये केहि नेपाली नागरिकहरूले अफगानिस्तानको पछिल्लो अवस्था आकलन गरी आफ्नो नियमित काममा फर्किएको जानकारी समेत गराउनु भएको छ।’

मन्त्रालयले मंगलबार अफगानिस्तानबाट ११८ नेपाली स्वदेश फर्किएको पनि जनाएको छ । यस्तै ९ भारतीय समेत अफगानिस्तानबाट आएको र उनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरी भारतीय दूतावासको जिम्मा लगाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *