भर्खरै आयो निकै दुखद खबर: अर्को हप्ता एमसिसि पास गर्ने देउबाको गोप्य तयारी (हेर्नुहोस भिडियो)

भिडियो

(भिडियो समचारको अन्त्यमा छ, हेर्नुहोस।)

यो पनि पढ्नुहोस: अध्यादेश माग गर्दै महन्थ ठाकुर बालुवाटारमा, उपेन्द्र यादव पक्ष झस्कियो

जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुर दल विभाजन गर्ने अध्यादेश ल्याउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। मंगलबार बिहानै ठाकुर आफ्ना पक्षका नेता शरतसिंह भण्डारीसहित चार नेतालाई लिएर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्रीसँगको भेटमा नेता ठाकुरले चाँडोभन्दा चाडो दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिन आग्रह गरेका थिए। ‘महन्थ ठाकुरसहितका नेताहरु बालुवाटार आउनुभएको थियो। खासगरी उहाँहरुले जसपाको आधिकारिकता नपाएपछि अप्ठेरोमा परेको भन्दै सहजीकरण गरिदिन प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो,’ स्रोतले रातोपाटीसँग भन्यो।

सरकारले सोमवार रातिदेखि संघीय संसदको अधिवेशन अन्त्य गरेसँगै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चा छ। तर, सत्ता गठबन्धनमै रहेको उपेन्द्र यादव नेतृत्वको जसपाले भने त्यस्तो अध्यादेश ल्याउँदा आफ्नो पार्टीलाई असर गर्ने भन्दै आपत्ति जनाएको बुझिएको छ।

यहीबेला बालुवाटार पुगेर ठाकुर पक्षले दल विभाजन सम्बन्धी अध्यादेश माग गरेपछि उपेन्द्र यादव पक्ष थप झस्किन पुगेको छ। आज बस्ने जसपा केन्द्रीय समिति बैठकमा यसबारे छलफल हुने एक नेताले बताए।

अब, हेर्नुहोस समचारको यो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *