रामकुमारी झाँक्रीसहित एमालेका ११ सांसदको पद धरापमा, हटाउने तयारी

समाचार

काठमाडौँ १ भदौ, ।

नेकपा एमालेले मुकुन्द न्यौपाने र रामकुमार झाँक्रीसहितको ११ सांसदमाथि कारबाही गर्ने तयारी गरेको छ । राजनीतिक अपराधमा संलग्न भएको अभियोगमा एमालेले समानुपातिक सूचीमा रहेका ११ सांसद हटाएर नयाँ ल्याउने तयारी गरेको छ ।

त्यसैका लागि एमालेले संसदीय दलको बैठक समेत बोलाएको छ । यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा २२ जना सांसदले पार्टी ह्वीप उलंघन गर्दै फ्लोरक्रस गरेर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा संसदमा हस्ताक्षर गरेर विश्वासको मत दिएका थिए । उनीहरू निरन्तर एमालेबिरोधी गतिबिधिमा लाग्दै आएका छन ।

एमालेले सांसद पदबाट हटाउन लागेकाहरूमा मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, पार्वती विशुंखे, कल्याणी खड्का, समिना हुसेन, विना बुढाथोकी, निरादेवी जैरू, कलिला खातुन, लक्ष्मी चौधरी, पुष्पा कर्ण र सरला यादव । उनीहरू सबै समानुपातिक सूचीमा सांसद भएका व्यक्ति हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *