कृशला घटनामा पक्राउ परेका उचितले दिए प्रहरीलाई बयान, ‘कृशलाका कारण मेरो दोस्रो घरबार पनि विग्रियो’

जानकारी

काठमाडौ । त्रियुगा नगरपालिका– ६ मोहनपुर बस्ने प्रेम चौधरीकी छोरी वर्ष १६ की कृशलाको मृत्यु र घटनामा संलग्नलाई प्रहरीले सोमवार सार्वजनिक गरेको छ । कृशलाको सामूहिक कर णी पघि उनको ज्या न लि एको हुनसक्ने प्रहरीको अनुमान थियो । तर कर णीको पुष्टि भएको छैन । सार्वजनिक गरीएकाहरुले पनि त्यसबारे केही बोलेका छैनन् ।

प्रहरीले सुरुङगा नगरपालिका १ का २७ वर्षीय उचितलाल सदा र सोहि ठाउँका २३ वर्षीय बिषे सदालाई पक्राउ गरी सार्वजनिक गरेको हो। प्रहरीले संलग्नलाई पक्राउ गरेर सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै सदरमुकाम गाईघाट बजारसहित विभिन्न सहर बजारमा दैनिक विभिन्न विद्यार्थी सङ्घ सङ्गठन, महिला अधिकारकर्मीले आन्दोलन तथा नारा जुलुस गर्दै आइरहेका थिए ।

बुबा प्रेमका अनुसार त्रिनपा– ६ मोहनपुकी कक्षा १० मा अध्ययनरत वर्ष १६ की कृशला यही साउन १३ गते जङ्गलमा घाँस दाउरा गर्न गएकी थिइन् । सोही दिनदेखि उनी बेपत्ता भएको र व्यापक खोजी गर्ने क्रममा साउन १९ गते नजिकैको चुरे जङ्गलस्थित राजदेवी सामुदायिक वनको एकान्त कुनामा उनको शव नचिन्ने अवस्थामा फेला परेको थियो ।

घटनामा संलग्न रहेको उचित लाल सदाले कृशलाले आफ्नो घरबार बिगारेको कारण घटना गराएको बयानमा भनेका छन् । कृशला र उचित सदाको कान्छि श्रीमती साथी साथी रहेको र कृशलाकैकारण आफ्नो घरबार बिग्रिएको उनको आरोप छ।

पहिलो घरबार बिग्रिएको सदाको दोस्रो श्रीमती कृशलाको साथी रहेको र सो घरबार बिग्रिनुमा कृशलाको हात रहेको दावी सचितले प्रहरी सामु गरेका छन् । अनुसन्धान अधिकारी डिएसपी बेदप्रसाद गौतमलेका अनुसार साउन १३ गते ३ बजे देखि कृशला सँगै रहेको उनीहरुले सोहि दिन करिब रातको साढे १० बजेतिर घटना पछि राजदेवी सामुदायीक वन रातमाटे खहरे खोलामा ढुं’गाले पु रेको उचित लाल सदाले प्रहरी बयानमा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *