अमेरिकी वायुसेनाको विमान उड्न लाग्दा हजारौं अफगानीले घेरेपछि… (भिडियोसहित)

भिडियो

एजेन्सी, ३२ साउन । अमेरिकी वायुसेनाको विमान काबुल विमानस्थलबाट उड्दै गरेको दृश्य हो यो । यो दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अफगानिस्तानमा तालिवानले सत्ता लिएपछि अमेरिकी सेनाले बाँकी रहेका आफ्ना मान्छे र सहयोगीहरुलाई लगिरहेको छ । काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । त्यहाँ हजारौ अमेरिकी सेना छन् ।

अमेरिकी सेना विमानस्थलमा भएपनि स्थिति अनियन्त्रित भएको छ । मानिसहरु विमानलाई घेर्दै बसेको देखिन्थ्यो । वायुसेनाको विमान उड्न लाग्दा पनि मानिसहरु घेर्दै बढेका थिए ।

काबुल विमानस्थलमा स्थिति अनियन्त्रित भएपछि अमेरिकी सेनाले गोली समेत चलाएको छ । घटनामा ५ जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री निवासमा मन्त्रीपरिषद्को बैठक जारी, अध्यादेश आउँदै

काठमाडौं, भदौ १ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा मन्त्रीपरिषदको बैठक सुरु भएको छ । बैठक ११ः २० बजेदेखि सुरु भएको हो ।

उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की,अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल ,मुख्य सचीव शंकरदास बैरागी लगायत ६ जनाको उपस्थिति रहेको छ।

आजको बैठकमा पछिल्लो राजनैतिक अवस्था र अफगानिस्तानबाट नेपालीको उद्वारबारे केहि निर्णय हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *