नेपाली गीत गाउने पवनदीप बने ‘इन्डियन आइडल १२’ को विजेता (भिडियो सहित)

संगीत

सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो ‘इन्डियन आइडल १२ को विजेता’ पवनदीप राजन बनेका छन् ।फाइनलमा पवन`दीपको प्रतिस्पर्धा अरुणिता कांजी`लाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो ।

निर्णायक`मध्येका एक   विशाल डड`लानीले पवनदीपलाई पहिलो पटक सुन्दा नै उनी एक स्टार पर्फमर भएको आफूलाई लागेको बताए ।यो संस्करणमा शनमुख प्रिया छैटौँ स्थानमा रहिन् ।

त्यस्तै पाँच नम्बरमा निहा`ल तारो रहिन् । मोहम्मद दानिश चौथो नम्बरमा, सायली कांबले सेकेन्ड रनरअप बन्दा अरुणिता जित`बाट एक कदम टाढा रहँदै फर्स्ट रनरअप बनिन् ।

पवनदीप विजेता बन्दा दर्शक`दीर्घामा बसेकी उनकी आमा निकै भावुक भएकी थिइन् । पवन`दीपले ‘इन्डियन आइडल १२’ को ट्रफीका साथै स्विफ्ट कार र २५ लाख भारु हात पारे ।

फाइन`लमा अनु मलिक, सोनु कक्कड, हिमेश रेशमिया, उदित नारायण झा, अलका याग्निक, कुमार सानू, विशाल डडलानी, मीका सिंह, भारती सिंह, हर्ष लिंबाचि`या, जय भानूशाली, द ग्रेट खली, सिद्धार्थ मल्होत्रा, कियारा आडवाणी र जावेद अली पनि प्रतिस्प`र्धीको हौसला बढाउन पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *