हेर्दाहेर्दै मुढाले थिचेर छोराको ज्यान गयो

Uncategorized

माघ १७, धनकुटा खबर। तेह्रथुमको छथर गाउँपालिका स्थित हमरजुङ्ग गाउँको फयाकमा मुढाले थिचेर एक बालकको मृत्यु भएको छ ।गाउँपालिकाले बाटो बनाउने क्रममा काटेर राखेको मुढा पल्टिएर थिच्दा हमरजुङ्ग २ का बर्ष ७ का रोनीत भुजेलको घटना स्थलमा नै मृत्यु भएको हो ।

मंगलबार दिउँसो करिव साढे ११ तिर मृतकका बुवा यादव बहादुर र आमा बिष्णु कुमारी भुजेल छोरालाई लिएर घाँस÷दाउरा काट्न गएका थिए ।उनीहरु घाँस काट्न थालेपछि छोरा मुढाको वरीपरी खेल्ने क्रममा मुढा अचानक पल्टिएर उनको ज्यान गएको बुवा यादवले बताए ।

मृतककै बुवाले पल्टाउन नसकेर बाटोको डिलमाथि राखेरको मुढा टेकेर बालक संगै करिव १५ फिट तल कलभर्टमा झर्दा मुढा बालकमाथि पर्दा उनको मृत्यु भएको गाउँलेहरुले जानकारी दिए ।बालकको पोष्टमार्टमका लागि बुधबार धनकुटा अस्पतालमा ल्याएर राखिएको छ । Source : Dhankuta Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *