अवैध धनलाई पनि बैध गर्न सकिनेः अध्यक्ष ओली

Uncategorized

काठमाडौ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवैध धनलाई पनि बैध गर्न सकिने भनि चेम्वर अफ कमर्सका ब्यवसायिक प्रतिनिधिहरुसँग वोलेको प्रसङले आर्थिक तथा राजनीतिक क्षेत्रमा बिभिन्न टिकाटिप्पणाी गरेका छन । अर्थबिदहरुले कालोधनलाई बैध बनाउने कुराले गलत कृयाकलाप गरी धन आर्जन गर्नेलाई प्रशय हुने धारणा ब्यक्त गरेका छन ।

बुधवार न्यूज २४ टेलिभिजनको नियमित समसामयिक कार्यक्रम ब्यवसायमा वोल्दै अर्थविद प्राध्यापक डा पुष्कर बज्राचार्यले अन्तराष्ट्रिय क्षेत्रमा नेपाल कर छली गरेको रकम कालोधन प्रयोग हुने मुलुकमा रहेको भन्दै आशंका भइरहेको वेला जिम्मेवार पार्टीका प्रमुखबाट आएको अभिब्यक्तीले गलत काम गरी पैसा कमाउने ब्यक्ति र समूहलाई अवसर हुृने भएकोले यो कुरालाई सार्वजनिक रुपमा प्रष्ट गर्नु पर्ने धारणा ब्यक्त गर्नु भयो ।अर्का अर्थबिद् डा चन्द्रमणि अधिकारीले नेपालमा कर, भन्सार तथा राजश्व छली गरी गलत तरिकाले आय आर्जन गर्ने समूह सकृय रहेको हुदाँ कालोधनको बिषयमा सरकारको स्पष्ट नीति नियम हुनु पर्नेमा जोड दिनु भयो ।

नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष नरेश श्रेष्ठले निजी क्षेत्रले कालोधनको बिषयमा एमाले अध्यक्ष ओलीसँग कुनै पनि कुरा नगरेको बताउदै सरकारको कर तथा भन्सारको निती ब्यवहारिक नभएको बताउनु भयो । पछिल्लो पटक कालोधनको बिषयमा आर्थिक तथा निजी क्षेत्रमा बिभिन्न खालको टिकाटिप्पणाी भइरहेको छ ।

साभार : news24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *