देउवाले अब पार्टी हाँक्ने होइन, अब बृद्वभत्ता थापेर बस्नु पर्छ थापा

Uncategorized

बुटवल, १७ नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कांग्रेसमा ब्यापक परिवर्तनको खाँचो रहेको औँल्याएका छन् । उनले नेतृत्व मात्रै परिवर्तनका कुरा गरेनन् सिद्धान्तमा पनि परिवर्तनको खाँचो औँल्याएका हुन् ।

कांग्रेसले बुधबार बुटवलमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले शेरबहादुर देउवा र रामचन्द्र पौडेल युगपुरुष रहेको भन्दै उनीहरुले नयाँ नेतृत्वका लागि मार्गनिर्देश गर्नुपर्ने बताए ।

‘उहाँहरु प्रेरणा हुनुहुन्छ, पञ्चायतकालमा प्रधानमन्त्री पद लात मारेर जेल बसेर आएका नेताहरु हुनुहुन्छ, अहिले एउटा युग सकिएको छ, तपार्इंहरु युगपुरुष हो, युग बदलिएको छ, नयाँ नेतृत्व चाहिएको छ, त्यसका लागि अब तपार्इंहरुको आर्शिवाद र मार्गनिर्देश चाहिएको छ’, उनले भने । ‘पछाडि बसेर हाक भन्ने हो, अन्य नेताले हाँक्ने हिम्मत गर्नुपर्छ ।’

नेता थापाले कांग्रेसकै नितीमा मुलुक अगाडी बढेको दावी गर्दै यस्तो अवस्थामा कांग्रेस पराजय हुनुको खोजिनिती जरुरी रहेको बताए ।

नेपालले स्थीरता पाएको र यो अवस्थामा नेपालमा ल्याइपुरयाउने कांग्रेस भएको दावी गर्दै उनले वीपी कोइरालाको बाटोमा मुलुक अगाडि बढेको टिपपणी गरे ।

राजनीति कांग्रेसले जित्यो तर चुनाव कांग्रेसले हार्यो भन्दै नेता थापाले यो अवस्था कसरी आयो अब यसको समीक्षा हुने बताए । पार्टीको बृहत समिक्षा बैठकको तयारी भएको भन्दै उनले छलफलबाट निस्केका कुरा महाधिबेशन बैठकमा लगिने बताए ।

उनले पार्टीको सिद्धान्त परिवर्तनको आवश्यकता पनि अगाडि सारे । राष्ट्रियताका सवालमा खुलेर बहस नभएको तथा अन्य सवालमा पनि पार्टीको ध्यान नगएको चर्चा गर्दै काग्रेस नेता थापाले देश सुहाउँदो सिद्धान्तको आवश्यकता औँल्याए । प्रत्येक दिन भएको समस्याको हल र उत्तर दिनैपर्छ त्यस्तो सिद्धान्त जरुरी छ, उनले भने ।

उनले पाँच वर्षपछिको चुनावमा कांग्रेसलाई पहिलो शक्तिका रुपमा स्थापना गर्ने गरी कार्यक्रम अगाडी सानुपर्ने बताए ।

तराईका क्षेत्रीय पार्टीबाट कांग्रेसमा फर्काउनुपर्ने तथा नयाँ शक्तिका रुपमा उदायका नयाँ पार्टीका कार्यकर्ताहरुलाई पनि कांग्रेसमा फर्काउर्दै कांग्रेसलाई सशक्त पार्टीका रुपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए ।

भएको मत जोगाएर चौध पन्ध्र प्रतिशत मत कांग्रेसमा थप्नुपर्छ भन्दै उनले यसका लागि पार्टीमा छलफल र प्रशिक्षणहरुको जरुरी रहेको बताए ।

कार्यक्रममा कांग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेसहित स्थानीय नेता कार्यकर्ताहरुले पार्टीलाई शसक्त बनाउन नेताहरुको ध्यान जानुपर्नेमा जोड दिएका थिए । pathibharanews बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *