दार्चुला : पहिलो पटक भारत नेपालसंग यसकारण झुक्यो !

Uncategorized

दार्चुला – सीमा क्षेत्रमा हुने अपराध रोक्न नेपाल र भारतका सुरक्षा अधिकारी सहमत भएका छन् ।

मंगलबार भारतको जौलजिविमा आयोजना गरिएको संयुक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रमा हुने चोरी तस्करी, मानव बेचबिखन तथा लागुऔषध ओसारपसार, वन्यजन्तुको अखेटोपहारको अवैध व्यापार रोक्न सहमत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

बैठकमा जघन्य अपराध गरी अर्को देशमा गएर बस्ने अपराधीका बारेमा सूचना आदानप्रदान गर्ने, अवैध हातहतियारको कारोबारलाई नियन्त्रण र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मीले सूचना आदानप्रदान गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।

बैठक एसएसबी ५५ वटालियनको आयोजनामा भएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । जौलजिवीमा रहेको एसएसबी ५५ वटालियनले दार्चुलादेखि बैतडीसम्मको ८५ किलोमिटर सीमा क्षेत्रमा सुरक्षा दिई रहेको भन्दै प्रहरी नायब उपरीक्षक शाहीले बैठकपछि सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण हुने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा नेपालका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी जोशी, प्रहरी नायब उपरीक्षक शाही, अनुसन्धान अधिकृत वीरेन्द्र कार्की, सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाका निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक विकास थापा सहभागी हुनुहुन्थ्यो भने भारतका तर्फबाट एसएसबी ५५ वटालियनका कमाण्डर आरसी घोस सहभागी हुनुहुन्थ्यो ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *