नेपाल आइडल टिमले विश्व चर्चित रियालिटि सो ‘द भ्वाइस’ ल्याउँदै

Uncategorized

विश्वमा चर्चित एवंम महँगो रियालिटि सो ‘द भ्वाइस’ नेपालमा आउने भएको छ । टेलिभिजनकै इतिहासमा पहिलो पटक सर्वाधिक चर्चा पाउन सफल गायन रियालिटि सो नेपाल आइडलका निर्देशक लक्ष्मण पौडेलले उक्त रियालिटि सो नेपालमा ल्याउन लागेका हुन् ।

केही समय अघि आइडल भव्यता पूर्वक सकेका निर्देशकले एपि १ टेलिभिजन छोडेका थिए । त्यस लगतै निर्देशक सहित रियालिटि हेड फिरोज तिमल्सीना नेदरल्याण्ड्स प्रस्थान गरेका थिए । बुझिए अनुसार ‘द भ्वाइस’ को युरोपालि कम्पनी “टाल्पा” को हो । “द भ्वाइस” संसारको सबैभन्दा ठुलो र सबैभन्दा महँगो सिङ्गिग रियालिटि सो हो ।

यो विश्वभरमा अमेरिका ,अफ्रिका, नेदरल्याण्ड्स, अष्टेलिया,भारत लगायत करिब १९२ देशहरूमा भब्बयताका साथ सम्पन्न भइसकेको छ भने अमेरिकामा हाल यो सो को १३ औ संस्करण सम्पन्न भइसकेको छ ।

आधिकारिक रूपमा यो टिमको सदस्यहरू बाट कुनै जानकारी नआएता पनि उनीहरूको फेसबुक स्टाट्स बाट “द भ्वाइस” अब नेपालमा भित्रिने सङ्केत भने आईसकेको छ । नेपालबाट निर्देशक लक्ष्मण पौडेललसँगै नेपाल आइडलकै सञ्चालक सुशील नेपाल,रियालिटि हेड फिरोज तिमल्सीना,चिफ क्यमराम्यान शिवराम श्रेष्ठ,ट्यालेन्ट हेड करण राज कार्की ,पोस्ट प्रोडक्सन हेड सोहन मानन्धर लगायतका जम्बो टिम बनिसकेको बताएको छ । साथै नेदरल्याण्ड्स बाट पनि आधा दर्जन भन्दा बढी ग्लोबल टेक्नीकल टिम आउँने जानकारीमा आएको छ ।

साभार : news24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *