माइकल क्लार्कका प्रिय सन्दीप लामिछानेलाई रिकी पोन्टिङको प्रशिक्षण

Uncategorized

काठमाडौं, माघ १४ – इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डेयर डेभिल्समा आवद्ध भएका युवा क्रिकेटर सन्दिप लामिछानेले रिकी पोन्टिङको प्रशिक्षण पाउने भएका छन् ।

सोमबार दिल्लीले २० लाख भारुमा सन्दिपलाई टिममा किनेको थियो । अक्सनमा दिल्लीका मुख्य प्रशिक्षक अष्ट्रेलियन पूर्व क्रिकेटर रिकी पोन्टिङ पनि सहभागी थिए । अष्ट्रेलियाका लागि विश्वकप जिताउने कप्तान पोन्टिङ यो वर्ष दिल्लीको प्रशिक्षक छन् ।

दिल्लीले अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेललाई पनि ९ करोड भारुको बोली लगाएर टिममा अनुबन्ध गरेको छ । दिल्लीले म्याक्सवेलमाथि ९ करोड बोली लगाए पनि पञ्जाव किंग्स इलावेनले राइट टु म्याच कार्ड प्रयोग गरी दिल्लीबाट उनलाई खोस्न सक्थ्यो । तर बलिउड नायिका प्रिती जिन्टाले म्याक्सवेलप्रति रुचि नदेखाए पछि म्याक्सवेल दिल्लीका सबैभन्दा महँगा खेलाडी बने ।

जिएमआर समूहको दिल्लीमा भारतका पुराना ओपनर ब्याट्सम्यान गौतम गम्भीर पनि छन् । दिल्लीले म्याक्सवेल वा गम्भीर मध्ये एक जनालाई कप्तान बनाउने छ । म्याक्सवेल कप्तान बनेमा अष्ट्रेलियन क्रिकेटर माइकल क्लार्कका प्रिय पात्र सन्दीपले अष्ट्रेलियन प्रशिक्षक र अष्ट्रेलियन खेलाडीकै छत्रछायामा आफ्नो खेल कौशल सुधार्ने मौका पाउने छन् ।

हङकङमा आफ्नो टिमबाट खेलाएको क्लार्कले सन्दीपका लागि अष्ट्रेलियामा अभ्यास गर्ने अवसर समेत दिलाएका थिए । सन्दीप दिल्लीमा छानिएकोमा क्लार्कले खुसी व्यक्त गर्दै बधाईसमेत दिएका छन् ।

दिल्ली डेयर डेभिल्सका अन्य खेलाडी

दिल्ली डेयर डेभिल्स न्युजिल्यान्डका कोलिन मुन्नो, न्युजिल्यान्डकै ट्रेन्ट बोल्ट, इङ्ल्यान्डका जेसन रोए, दक्षिण अफ्रिकाका कागिसो राबडा, दक्षिण अफ्रिकाका क्रिस मोरिस र अस्ट्रेलियाका ड्यानियल क्रिस्टियन र ग्लेन म्याक्सवेल रहेका छन् ।

यस्तै भारतका पृथ्वी शाह, अभिशेक शर्मा, मनोजित कार्ला, अमित मिश्रा, सहबाज नदिम,हर्सल पटेल, राहुल तवटिया, जयन्त यादब, विजय शंकर, मोहम्मद शामी, गुर्कित सिंह, आवेश खान, श्रेयस आयर र रिसब पन्त छन्। शामी, राबडा, मोरिस, अयर र पन्त रहेका छन् ।

साभार : ujyaaloonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *