ह्याप्पी एनिभर्सरी भन्दै सीता दाहालसहितको यस्तो तस्बिर पोस्ट

समाचार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । दाहाल लामो समयदेखि अस्वस्थ रहेकी छिन् । उनको उपचार विदेशदेखि स्वदेशसम्म हुँदै आएपनि हालसम्म सुधार हुन सकेको छैन  ।

दाहालकी छोरी गंगाले आइतबार अबेर सार्वजनिक गरेको तस्बिरमा उनको अवस्था निकै नाजुक देखिएको छ ।
प्रचण्ड दम्पतीको ५२ औं वैवाहिक वर्षगाँठको अवसरमा छोरी गंगाले सार्वजनिक गरेको तस्बिरमा उनको अवस्था नाजुक देखिन्छ ।

ह्याप्पी एनिभर्सरी बुबाममी भन्दै उनले आमासहित परिवारको फोटो सार्वजनिक गरेकी छिन् ।
सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)बाट लामो समयदेखि पीडित छिन् लोकान्तर

भारतबाट अक्सिजन ल्याइएपछि नेपालगन्ज मेडिकल कलेजमा बिरामी भर्ना सुरु

बाँके — कोहलपुरस्थित नेपालगन्ज मेडिक शिक्षण अस्पतालमा आइतबार अक्सिजन लिक्वीड आइपुगेपछि बिरामी भर्ना सुरु गरिएको छ । उक्त अस्पतालमा अक्सिजन अभावमा एक सातादेखि बिरामी भर्ना रोकिएको थियो ।

‘अहिले केही बिरामी भर्ना गर्न सुरु गरेका छौं’, अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठ ले भने,‘यद्यपि यति अक्सिजन प्रयाप्त होइन ।’ उनका अनुसार विरगन्ज नाका हुँदै भारतको जम्सेदपुरबाट एक ट्यांक लिक्वीट अक्सीजन आइतबार दिउँसो अस्पतालमा आइपुगको छ एक ट्यांकर लिक्वीट अक्सिजन पाँच दिनसम्म पुग्न सक्ने उनले बताए । ‘हरेक १५/१५ दिनमा एक ट्र्यांकर लिक्वीड अक्सिजन ल्याउने कुरा छ । तर, भारतले नियमित दियो भने समस्या हुँदैन,’ डा. श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *