प्रचण्ड र ओलीले टुंग्याए मुख्यमन्त्री, को– को ? (नामसहित)

Uncategorized

काठमाण्डौं । एमाले–माओवादी नेतृत्वको बामगठबन्धनले मुख्यमन्त्री र सभामुखको नाम टुंगो लगाएको खुलासा भएको छ ।

गठबन्धनका प्रमुख नेताद्धय केपी शर्मा ओली र प्रचण्डबीचको आन्तरिक सहमति भएको खुलासा भएको हो ।

प्रदेश नम्बर २ मा बाहेक ६ वटै प्रदेशमा सरकार गठनका लागि बामगठबन्धनको संयुक्त कार्यदलको आइतबार दिउँसो बस्ने बैठकले मुख्यमन्त्री र सभामुखको नाम सार्वजनिक गर्ने भएको छ ।

स्रोतका अनुसार प्रदेश १ मा एमालेका भीम आचार्यरशेरधन राई, प्रदेश नम्बर ३ मा एमालेकी अष्टलक्ष्मी शाक्य, प्रदेश नम्बर ४ मा पृथ्वीसुब्बा गुरुङरकिरण गुरुङ, ५ नम्बर प्रदेशमा शंकर पोखरेल, ६ नम्बर प्रदेशमा माओवादीका महेन्द्रबहादुर शाही र ७ नम्बर प्रदेशमा पनि माओवादकीकै वीरमान चौधरी मुख्यमन्त्री बन्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *