अबको केहि घण्टापछी मेलम्चीको पानी काठमाडौं उपत्यकावासीको धारा–धारामा आउने

समाचार

अबको केहि घण्टापछी मेलम्चीको पानी काठमाडौं उपत्यकावासीको धारा–धारामा आउने

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी आजदेखि काठमाडौं उपत्यकावासीको धारा धारामा आउने भएको छ । सुरुङमार्गमार्फत गएको फागुन २२ गते सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो ।

सोही वितरण केन्द्रमा संक्रलन गरिएको पानी आज उपत्यकावासीको धारा धारामा पठाउन लागिएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (के’युकेएल)को वितरण प्रणालीमार्फत आज उपभोक्ताको धारामा पुर्याउने व्यवस्था गरिएको जनाइएको छ ।

आज पहिलो दिन परीक्षणका रुपमा ४ करोड लिटर पानी उपत्यकाबासीको घरमा वितरण गर्न लागिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले धाराको टुटी खो’लेर उद्घाटन गर्ने बताइएको छ । आज खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा पानी वितरण गरिने जनाइएको छ ।

काठमाडौँ उपत्यका खाने पानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यक अनुसार यो पाइपको परीक्षण मात्र हो, पिउन मिल्दैन । परीक्षणपछि प्रशोधन गरे र पठाएपछि मात्रै पिउन मिल्छ । गत फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलो मिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *