बाग्लुंग बाट आयो दुखद खबर-माटोको ढिस्कोले पुरिएर २ महिलाको मृत्यु, १ घाइते

Uncategorized

बाग्लुंग बाट आयो दुखद खबर-माटोको ढिस्कोले पुरिएर २ महिलाको मृत्यु, १ घाइते
माटो खन्ने क्रममा ढिस्कोले पुरिएर बाग्लुङमा दुई महिलाको मृत्यु भएको छ। अर्की एक महिला घाइते भएकी छन्।

जैमिनी नगरपालिका वडा नम्बर– ४ सर्कुवामा बुधबार घर पोत्ने माटो लिन गएका सोही स्थानका ५० वर्षीया हरिकला सुनार र २५ वर्षीया पूर्णकला नेपालीको मृत्यु भएको बागलुङ प्रहरी प्रमुख एसपी दीपक रेग्मीले जानकारी दिए।

स्थानीय तारा सुनार घाइते भएकी छन्। उनको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ।

सुनार खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको छ। मृत्यु भएका दुवैको शव पोस्टमार्टमका लागि धवलागिरी अञ्चल अस्पताल बाग्लुङ ल्याइएको प्रहरीले जनाएको छ। merosansarko बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *