रामबहादुर थापाको उम्मेदवारी खारेज, राष्ट्रियसभा कांग्रेसको एक सिट थपियो

Uncategorized

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा वाम गठबन्धनका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ ।

एमाले नेता थापाले वाम गठबन्धनको तर्फबाट प्रदेश ४ बाट अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका थिए ।

तर, नयाँ निर्देशिका अनुसार अपाङ्ग परिचय पत्र नलिएको भन्दै कांग्रेस उम्मेदवार बनेका तनहुँका प्रकाश पन्थले निर्वाचन आयोगमा उजुरी दिएका थिए ।

छानविन पश्चात आयोगले शनिबार थापाको उम्मेदवारी खारेज गरेको छ । यससँगै कांग्रेस उम्मेदवार पन्थ राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश ७ बाट दलित कोटामा उम्मेदवारी दिएका कांग्रेसका शेरीराम पार्कीको उम्मेदवारी भने कायमै रहेको छ । उनीविरुद्ध पनि उजुरी परेको थियो । news24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *