न्युयोर्कको ज्याक्सनहाइट निवासी नेपाली ४३ बर्षका उत्तम शर्माको ट्रकको ठक्करबाट निधन

समाचार

न्युयोर्कको ज्याक्सनहाइट निवासी नेपाली ४३ बर्षका उत्तम शर्माको गाडीको ठक्करबाट निधन भएको छ । शर्माको न्युजर्सीको इस्ट ब्रन्सवीकमा गाडीको ठक्करबाट निधन भएको हो ।

प्रहरीलाई प्राप्त कागजातमा आधिकारिक ठेगाना ज्याक्सनहाइट भएपनि उनी केहीबर्षदेखि न्युजर्सीमा नै बस्दै आएको जनाइएको छ ।

मंगलबार ट्रकले हानेर एकजना व्यक्ति अचेत भएको खबर पाएपछि अधिकारीहरु न्युजर्सीको इस्ट ब्रन्सवीकको १९ ए कटेज लेनमा पुगेका थिए । शर्मालाई घटनास्थलमा नै मृत घोषणा गरिएको छ ।

गाडी चलाउने ३९ बर्षकी किम्बर्ली होल्म्सबिरुद्ध अभियोग दर्ता गराइएको छ । ती महिलाले खारेज भएको लाइसेन्सले ट्रक चलाएको पुष्टी भएको छ ।

उनीबिरुद्ध खारेज भएको लाइसेन्सले गाडी चलाउँदा व्यक्तिको मृत्यु भएको थर्ड डिग्री अभियोग दर्ता गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप जानकारी भएमा हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ । khasokhas

Leave a Reply

Your email address will not be published. Required fields are marked *