जापानमा नेपाली युवाको मृत्यु

Uncategorized

टोकियो : जापानमा एक नेपाली युवा मृत फेला परेका छन् । मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका –११ डिभर्नाका २३ वर्षीय प्रकाश आचार्य छन् । बुधबार मृत भेटिएका उनी तीन वर्षदेखि जापानको फुकोआमा अध्ययन गरिरहेका थिए । उनको मृत्युको कारणबारे अझै नखुलेको बताइएको छ ।

आचार्यको परिवारको आर्थिक स्थिति कमजोर भएकाले दाहसंस्कार र परिवारको सहयोगका लागि अर्घाखाँची समाज जापानले एक विज्ञप्तिमार्फत जापानवासी नेपालीमा अपिल समेत गरेको छ । annapurnapost

Leave a Reply

Your email address will not be published. Required fields are marked *