झलनाथ खनालको दुखेसो : हामीलाई छुट्टिन मन थिएन !

समाचार

नेकपा प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले आफूहरुको एकतालाई सर्वोच्च अदालतले छुट्याइदिएको टिप्पणी गरेका छन्।

खनालले भने ‘हामी छुट्टिन चाहेका थिएनौं, सर्वोच्चले मिलेको पार्टीलाई छुट्याइदियो।’ झलनाथ खनालको दुखेसो : हामीलाई छुट्टिन मन थिएन !

संवैधानिक हिसावले पनि अब आफूहरु पुराना पार्टीमा फर्कनु परेको उनले बताए। नेकपाको रुपमा आजको स्थायी समिति बैठक नै अन्तिम भएको उनले बताए।

यसअघि आज पेरिसडाँडामा बसेको सो समूहको स्थायी समिति बैठकले एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ।

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषिराम कट्टेललाई दिएपछि प्रचण्ड–ओलीको नेकपा खारेज भई पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँतिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *