काठमाडौं । अहिलेको युगका मानिसका लागि सामाजिक सञ्जाल जिवनको परिपुरक बनिसकेको छ । एक छिन पनि सामाजिक सञ्जालवाट टाढा रहेर मानिस बन्स नसक्ने भइसकेको छ । सामाजिक सञ्जालवाट थुप्रै सूचना पाउन सकिन्छ ।जानकारी लिन सकिन्छ । तर त्यही सामाजिक सञ्जालका कारण थुप्रै अपराधिक घटना पनि भएका छन् ।
सामाजिक सञ्जलको प्रयोग गरेर नेपाली युवतीलाई ठगी गर्ने एक विदेशी नागरिक काठमाडौमा पक्राउ परेका छन् । आफुलाई लण्डनको चिकित्सक बताउँदै सिन्धुलीमा एक बैंकमा कार्यरत युवतीलाई उनले झण्डै ४५ लाख ठगी गरेको अभियोगमा पक्राउ परेका छन् ।उनको युवतीलाई आफ्नो नाम मार्क आरोन बताउने गरेका थिए । सामाजिक सन्जाल इन्स्टाग्राममार्फत उनीहरुको चिनजान भएको थियो ।

आरोनले आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर हुँ भनेपछि ती युवतीसंग सम्बन्ध बढ्दै गएको थियो । उनीहरुको सम्बन्ध यहाँ सम्म पुग्यो की उनले ति युवतीलाई नेपाल आएर विवाह गर्ने सम्मको प्रस्ताव राखे । युवकले त्यती भनेपछि युवती विश्वस्त भइन् । उनीहरुबीच दिनहुँ कुरा हुन थाल्यो ।
उनले युवतीसंग विवाह गर्ने भन्दै युवतीका नाममा लण्डनवाट औँठी, घडी, सुनको सिक्री र २ लाख ३० हजार पाउण्ड पैसा पठाइदिएको बताए ।केही दिन पछि उनलाई इन्डियावाट भन्दै एक जनाले फोन गरेर लण्डनवाट तपाईको सामान भारत आइपुगेको छ । तर सामान निकै महंगो भएकाले त्यसको कर तिर्नुपर्ने भन्दै पैसा पठाउन भने ।
झण्डै तीन करोडको सामान आउन लागेको भनेर फुरुगं परेकी युवतीले पटक पटक गरेर पैसा पठाइन् । एक पटक पैसा पठाए.िपछि फेरी अर्को बहाना गरेर पैसा माग्ने गरेका कारण उनले झण्डै ४८ लाख भन्द बढी रुपैया पठाइन् । तर पनि सामान आएन ।फेरी फोन गरेर अन्तिम पटक २० लाख रुपैया पठाउनु भनेपछि युवतीलाई शंका भएर प्रहरीको सहयोग लिन पुगेकी थिइन् ।
आर्नोल्डप्रति ती युवती विश्वस्त थिइन्। शंका नगरी भनेजति पैसा पठाइन्। ४८ लाख ५४ हजार चार सय २० रुपैयाँ पठाइसकेकी थिइन्। प्रहरीसंगको सहयोगमा आफुलाई लण्डनको चिकित्सक भन्ने ब्यक्ति काठमाडौको एक होटलवाट पक्राउ परे । उनलाई पक्राउ गर्न युवतीले शंका नै नगरेको जस्तो गरी पैसा पठाउन बैंक एकाउण्ट नम्बर मागेपछि ति ब्यक्ति पक्राउ परेका हुन् ।
ति विदेशी नागरिक काठमाडौको सोल्टी होटलवाट पक्राउ परेका छन् । उनी लण्डनका नभएर अंगोलाका नागरिक ४८ वर्षीय सिल्भा एन्टोनियो डे एंगोला भएको पुष्टि भएको छ । उनले नेपालमै अन्य ब्यक्तिलाई पनि यो काण्डमा सामेल गराएको हुनसक्ने प्रहरी अनुमान छ । युवतीले पठाएको ४८ लाख भन्दा बढी पैसा नेपालीकै बैंक खातामा ट्रान्सफर भएको देखिएको प्रहरीले जनाएको छ । ती व्यक्ति गत फागुन २६ गते नेपाल आएको बताइएको छ।