काठमाडौंमा विप्लवको पहिलो भेट प्रधानमन्त्री ओलीसँग, सिधै बालुवाटारमा इन्ट्री

समाचार

काठमाडौं । नेकपा महासचिव विप्लव काठमाडौं आइपुगेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एउटै राष्ट्रिय सभागृहमा दिउँसो २ बजे सम्बोधन गर्न उनि काठमान्डौ आइपुगेको विप्लव निकट श्रोतले सिधा कुरालाई जानकारी दिएको छ ।सरकारसँग ३ बुदे सहमतिसँगै नेपाल कम्युनिस्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं राष्ट्रिय सभागृहमा सम्बोधन गर्दैछन् ।

राष्ट्रियसभाबाट सार्वजनिक हुनुअघि विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने भएका छन् ।त्यहाँ प्रधानमन्त्रीसँग उनले भावी रणनीतिबारे छलफल गर्नेछन् । विप्वलले ओलीलाई देशभक्त नेता भन्ने गरेको र राष्ट्रियताको आन्दोलनमा सहकार्य गर्न सकिने बताएको स्रोतको भनाइ छ ।

बालुवाटारमा दुई नेताबीच राजनीतिक विषयमा छलफल हुनेछ । यसअघि तत्कालीन विद्रोही माओवादीका नेताहरू प्रचण्ड र बाबुराम भट्टराईलाई पनि शान्ति वार्ताको सफलतापछि कास्कीको सिकलेसबाट हेलिकोप्टरमा सीधै बालुवाटार लगिएको थियो । विप्लव र प्रधानमन्त्री ओलीबीच छलफलपछि सभागृहबाट सहमतिका विषय सार्वजनिक हुनेछन् ।

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेसँगै झण्डै तीन वर्षपछि उनी नवलपुरबाट पहिलो पटक सार्बजनिक भएका थिए । ममहासचिव विप्लवले नवलपुरमा सहिद परिवार भेटघाट गरी शुक्रबार बिहान काठमाडौ प्रस्थान गरेका थिए ।

नवलपुरबाट नै भूमिगत पछि उनको पहिलो तस्बिर सार्वजनिक भएको थियो । उनलाई कार्यकर्ताले दलदलेबाट शुभकामना दिँदै काठमाडौंका लागि बिदाई गरेका थिए। उनि नवलपुरबाट प्रहरी स्कटिङमा काठमाडौं आएका हुन् । विप्लव पक्षसँग बिहीबार तीनबुँदे सहमति भएपछि बसेको मन्त्रिपरिषद् बैठकले दुई वर्षयता लगाइँदै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *