गोंगबुमा कृष्णबहादुरको टाउको का टे र सुटकेशमा फा ले की कल्पनालाई आजीवन कारावास, छोरीले पाइन् सफाइ

समाचार

काठमाण्डौ । गोंगबुमा कृष्णबहादुर बोहराको ज्या न लि एर सुटकेशमा राखेर फ्याँ’क्ने कल्पना मुडभरीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । कल्पनाले रोल्पा रून्टीगढी गाउँपालिका ७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको निकै दर्दनाक तरिकाले ज्या न लिएकी थिइन् ।

उनको जिँउ सुटकेसमा राखेर नवज्योतिमार्गमा फ्याँ क्न लगेकी थिइन् । टाउको र खुट्टा भने केही पर भेटिएको थियो । काठमाडौ जिल्ला अदालतले ३७ वर्षीया कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएपाची अब उनी जीवनभर जेलमै बस्नुपर्ने छ । तर जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छिन् ।

अत्यन्त क्रु र वा निर्ममतापूर्वक ज्या न मा रेको भन्दै कल्पनालाई जन्मकैदको सट्टामा आजीवन काराबास गर्नुपर्ने न्यायाधिश राजेन्द्र अधिकारीको फैसलामा उल्लेख छ । उनलाई जन्मकैद मात्र भएको भए २५ वर्ष जेलमा बस्नुपर्ने थियो । त्यस्तै कल्पनाकी छोरीले भने सफाइ पाएकी छन्। नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको हो ।

‘सुटकेस बोकाउन सहयोग गरेको भनिएकी छोरीलाई अदालतले सफाइ दिएको छ । उनले मृतक रहेको सुटकेस फोहोर भएको भन्ठानेर फोहोर फाल्न लगेको भन्ने बयान दिएकी थिइन् । त्यहीँ आधारमा उनले सफाइ पाएकी हुन् । श्रीमानसँग अलग भएर छोरीसँग बस्दै आएकी कल्पनाले लकडाउनका समयमा रोल्पाको रून्टीगढी गाउँपालिका ७ घर भएका कृष्णबहादुर बोहराको ज्या न लि एकी थिइन् ।

गोंगबुस्थित एक होटलमा बस्दै आएका ४५ वर्षीय बोहोरा कल्पनाको कोठामा नियमित आउने जाने गरेको प्रहरीको दाबी थियो । घटनापछि डेराबाट छोरीसहित भागेकी कल्पनालाई प्रहरीले चितवनबाट ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *