विप्लवसँग वार्ता गर्न सरकारद्वारा दुई सदस्यीय वार्ता टोली गठन

समाचार

काठमाडौं। सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपासँग सरकारले वार्ता गर्ने भएको छ।

सरकारद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सञ्चार सूचना तथा सञ्चार प्रविधीमन्त्री पार्वत गुरुङले विप्लब पक्षसंग वार्ताका लागि गृहमन्त्री राम बहादुर थापा वादलको संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेको दुई सदसीय वार्ता समिति गठन गरेको हो।

मन्त्री गुरुङले वार्ता टोली बनाइसकेपछि विप्लब टोलीबाट पनि वार्ता टोली गठन गरेर छिटो भन्दा छिटो वार्ता टोलीमाफत छलपmिलमा आउन आग्रह गरे ।

साथै मन्त्री गुरुङले शान्तिपूर्ण नेपाल स्थापनाका लागि सबै द्धन्द्धरत पक्षसंग वार्तामा आउन आग्रह गरेका छन् । सबै शशस्त्र समूह र द्धन्द्धरत समूहलाइ शान्तीपूर्ण बाटोमा ल्याउन नेपाल सरकारको स्पष्ट दृष्टीकोण रहेको उनको भनाई छ।

सरकारले विप्लब नेतृत्वको नेकपालाई २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो। विशेषगरि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको प्रयास गरेपछि विप्लबलाइ वार्तामा ल्याउन प्रयास भएको थियो। विप्लब समूहले पनि आफुमाथीको प्रतिबन्ध फुकुवा गरे शान्तीपूर्ण वार्तामा आउन तयार रहेको प्रतिक्रिया दिइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *