अब पूर्वएमालेका धेरै फर्कन्छन् प्रचण्ड समूहमा बसिरहन उचित देखेनौँ

समाचार

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङ पुनः नेकपा ओली समूहमा लागेका छन् । उनी पत्नी उषाकला राईसहित प्रचण्ड– नेपाल समूह छाडेर ओली पक्षमा लागेका हुन् ।

उषाकला राईले पूर्वएमालेहरू मूल पार्टीमा फर्कने क्रम सुरु भएको जानकारी दिइन् । “अब धेरै साथीहरू फर्कनुहुन्छ । हामीले पनि प्रचण्ड–माधव नेपालको समूहमा बसिरहन उचित देखेनौँ,” उनले भनिन् । उनी प्रदेश १ की सांसद पनि हुन् ।

उनकाअनुसार शुक्रबार झण्डै तीन घण्टा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेललगायत नेताहरूसँग शेरबहादुर दम्पत्तिको छलफल भएको थियो । संवादमा अरू पनि नेताहरू पनि उपस्थित थिए । त्यसपछि दम्पत्ति नै पुनः ओली समूहमा फर्कन राजी भएको उषाकलाले बताइन् ।

अरू को–को फर्कन्छन् भनेर टुङ्गो नभए पनि धेरै आउने तयारी गरिरहेको उनको भनाइ छ । शेरबहादुर गत पुस ७ गते ओली पक्षले राखेको केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका थिए । दुई दिनपछि पुनः प्रचण्ड–माधवकुमार नेपाल समूहमै फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *