पूर्वरानी कोमलको जन्मदिन, धेरैपछि एकसाथ देखिए पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानी

मनोरञ्जन

झापा- पूर्वरानी कोमल शाहको ७१ औँ जन्मदिन शुक्रबार झापाको दमकस्थित एक होटलमा मनाइएको छ। सीमित पारिवारिक सदस्यहरुबीच पूर्वरानी कोमलको जन्मदिन दमकस्थित मेची क्राउन होटलमा मनाइएको हो। जन्मदिनको जमघटमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाह, उनकी पत्नी हिमानी शाहलगायत सहभागी थिए।

पूर्वयुवराज पारस पूर्वरानी कोमलको जन्मदिन मनाउन बिहीबारमात्र झापा पुगेका हुन्। पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह एकसाथ देखिएका छन्  झापाको होटल मेची क्राउनमा शुक्रवार पूर्वयुवराज दम्पत्ती एकसाथ देखिएका हुन्। पूर्वराजा ज्ञानेन्द्र र उनी पत्नी कोमल केही समययता झापामै बसिरहेका छन्।

अमेरिकी अ’न्तरिक्ष यानले गएराति मंगल ग्रहमा अ’वतरण गरेलगत्तै महावीर पुनद्वारा ‘मीना’ रोबट बनाउने घो’षणा

काठमाडौं । अमेरिकी अ’न्तरिक्ष नि’योग ना’साको प’र्सिभिअरेन्स रोबोटले गएराति मंगल ग्रहको सतहमा अ’वतरण गर्‍यो ।

उक्त रोबटले रातो ग्रहमा जी’वनको अ’स्तित्वको खो’जी गर्नेछ ।लगत्तै काठमाडौंस्थित राष्ट्रिय आ’विष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ‘मीना’ नामक रो’बट निर्माणको घो’षणा गरे । केन्द्रले रोबटको प्रो’टोटाइप निर्माण गरिरहेको उनले जानकारी दिए ।

नासाको मंगल मि’सन स’फल भएपछि उनले सामाजिक संजालमा रो’बट बन्दै गरेको तस्विर पोस्ट गर्दै लेखे -अमेरिका र विकसित देशहरुले मात्र अनुसन्धान तथा विकास गरेर रो’बोटहरु बनाउने भनेको छ र ? अर्काको डा’हा गरेर मात्र हुँदैन ।

डा’हा ला’ग्नेले काम पनि त गर्नुपर्‍यो नि ।’

महावीरले निर्माण गरिरहेको रो’बटलाई आ’र्टिफिसियल इ’न्टिलेजेन्स प्रयोग गरेर क’मर्सियल स’र्भिस रो’बटको रुपमा विकास गर्ने ल’क्ष्य राखिएको छ ।

१० जना इन्जिनियरले चार महिनादेखि मीना रोब’ट बनाइरहेको पनि महावीरले उल्लेख गरेका छन् ।रो’बट निर्माणको ने’तृत्व चाहिँ अमेरिकाको टेक्ससमा कार्यरत सन्देश पाण्डेले गरिरहेका छन् । ना’सा र राष्ट्रिय आ’विष्कार केन्द्रलाई तु’लना नगरी हौ’सला प्रदान गर्न पनि महावीरले आ’ग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *