धादिङमा बस दुर्घ’टना

समाचार

धादिङ धादिङवेशी सल्यानटार सडक खण्ड अन्तरगत नीलकण्ठ नगरपालिकाको वडा नं ८ पाल्पा भन्ज्याङ नजिक यात्रुबाहक बस दुर्घ’टना हुँदा ८ जना यात्रु घा’इते भएका छन्।

ज्वा’लामुखी गाउँपालिकाको वडा नं ६ काउलेडाँडाबाट धादिङवेशीतर्फ आउँदै गरेको बा ४ ख ४१५२ नम्बरको बस पाल्पाभन्ज्याङ नजिक सडक’मै प’ल्टिएको थियो।

घ’टनामा ज्वा’लामुखी गाउँपालिका वडा नं ७ को हरिमाया गुरुङ, ज्वालामुखी गाउँपालिकाकै वडा नं ६ का विकास श्रेष्ठ, रिदम नगरकोटी, यम श्रेष्ठ, सिता मानन्धर, सीमा मानन्धर, लक्ष्मी गुरुङ, अनन्य लिम्वु रहेका छन्।

घा’इतेमध्ये रिदम नगरकोटीको खुट्टामा ग’म्भीर समस्या देखिएकाले उनलाइ जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागी काठमाण्डौ ट्रमा सेन्टर पठाइएको छ।

बसका चालक र बसधनी प्रहरी सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ। बस सडकमै पल्टिएपछि धादिङवेशी सल्यानटार सडक अव’रुद्ध भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *