केपी ओलीले नचिन्ने दिपक मनाङेलाई सर्वोच्चले दियो यस्तो सरप्राइज, हेर्नुस के छ सर्वोच्चको सरप्राइजमा

Uncategorized

कानुन पालना गराउने प्रहरी र सुरक्षा तथा कानुनका सञ्चारकर्मीका लागि २०७४ माघ २ सरप्राइज बोकेर आयो । यो सरप्राइज काठमाडौंका चल्तीका दुई गुण्डा नाइकेका लागि समेत सरप्राइज नै थियो । एक थिए– दीपक मनाङे, अर्का चक्रे मिलन ।

सरप्राइजकर्ता बन्यो सर्वोच्च अदालत । जसको सरप्राइजले प्रदेश सांसद दीपक गुरुङ उर्फ मनाङे एकाएक गुण्डा नाइकेकै हैसियतमा फर्किए । जसको प्रभाव तत्काल देखियो । प्रदेश नम्बर ४ को संसद् भवन जाने उनको बाटो बीचैमा मोडियो । प्रदेश सांसदको परिचय अपराधीमा बदलियो । प्रदेशका सबै सांसद सपथ खाएर कार्यभार सम्हाल्ने तयारी गरिरहँदा उनी भने भूमिगत हुनुपरेको छ ।उनको बाटो मोड्ने घटना घटेको थियो, २०६१ मा । त्यसबेला उनी काठमाडौंमा प्रभाव जमाउँदै थिए । चक्रपथमा रहेर प्रभाव विस्तारमा लागेका चक्रे मिलनसँगको दुस्मनी भिडन्तमा बद्लिँदा उनी हत्या प्रयासको अभियुक्त बन्न पुगे ।

बिहीवार नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा संवाददाताको प्रश्नको जवाफ दिंदै अध्यक्ष केपी ओलीले आफूले दिपक मनाङेलाई नचिन्ने बताएका थिए । उनले दिपक मनाङे आफ्नो पार्टीको नभइ स्वतन्त्र उम्मेदवार रहेको बताए ।
उनले तात्कालीन प्रतिस्पर्धी मिलन गुरुङ उर्फ चक्रे मिलनलाई खुँडा प्रहार गरेका थिए । उनले गरेको हत्या प्रयासलाई १० वर्षअघि नै अदालतले दोषी प्रमाणित गरिसकेको थियो । तर प्रहरी–प्रशासनसँग सेटिङ गर्दै उनी निर्दोषझैँ खुल्लमखुल्ला हिँडिरहेका थिए । त्यही पुरानो फैसला सर्वोच्चले माघ २ मा सतहमा ल्याइदियो ।

बाटो मोडाउने त्यो घटना

२०७४ माघमा जुन सजायको पोल खुल्यो, त्यो रोपिएको थियो २०६१ वैशाख ३१ मा । पछिल्लो समय चक्रे मिलन र दीपक मनाङेले एकै प्रहरी हिरासतमा बास बसे पनि त्यो यी दुवै एकअर्काको कट्टर दुस्मन थिए ।

जहाँ भेट भयो त्यहीँ एकअर्काको हत्या गर्नसमेत उनीहरु पछि नपर्ने अवस्था थियो । पानीपोखरीकोे चुफाङ रेस्टुरेन्टमा साथीहरुसँग बसेको मौका छोपेर होटल छिरेका हेलमेटधारी एक हुल केटाहरुको आक्रमणमा पर्दा चक्रे गम्भीर घाइते भए । उनको देब्रे हात नै छिनालियो । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारपछि उनको हात जोडियो ।

मनाङेसँगै तात्कालीन टोलेगुण्डा रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामाविरुद्ध उजुरी पर्यो र २०६१ चैत १८ मा मनाङे पक्राउ परे । उनी दोषी ठहर पनि भए तर हत्या प्रयासमा नभई कुटपिटमा । काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार उनी २ वर्ष कैद बसेर २०६३ माघ २८ मा मुक्त भए । त्यसयता उनी यो मुद्दामा जोडिएनन् । उनले मुद्दा सकिएको बताइरहे र सरोकारवाला निकायले पत्याइरहे ।

आपराधिक यात्रा
०५९ भदौस् धनमाल डाका मुद्दा
०६० पुस स् सार्वजनिक अपराध
०६० चैत स् सार्वजनिक अपराध
२०६१ वैशाख स् खुकुरी हानेर हत्या प्रयास
०६३ फागुन स् गोली हानेर हत्या प्रयास
०६५ माघ स् कुटपिटमा एक वर्ष कैद
०६८ जेठ स् कुटपिट
०६९ चैतस् ठगी
०७० जेठ ५स् अवैध सम्पत्ति
०७३ असार स् संगठित अपराध
०७४ वैशाखस् सार्वजनिक अपराध
तर, यो सब भ्रम रहेको त्यतिबेला खुल्यो जब जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन अदालतमा तात्कालीन जिल्ला सरकारी वकिलको कार्यालयले हालेको पुनरावेदन निवेदनका आधारमा जिल्लाको फैसला उल्टिएर २०६४ मा मनाङेविरुद्ध हत्या प्रयासमा ५ वर्ष कैद सजाय सुनाइएको थियो । उनका सहयोगीले सफाइ पाएको सो मुद्दामा उनी दोषी ठहर भएको तथ्य गुपचुप रह्यो । उनी यस विषयमा मौन बसे भने अदालत र प्रहरीसमेत गुपचुप रहे ।

उनका सहयोगीलाई सफाइ दिने पुनरावेदनको फैसलाविरुद्ध सर्वोच्चमा पुगेको निवेदनमाथि फैसला गर्दै जिल्लाकै फैसला सदर गर्ने माघ ४ मा आएको सर्वोच्चको फैसलाले उनको पोल खुलाएको हो ।

अचम्म के भने, सर्वोच्चले मनाङेबारे केही बोलेको थिएन । गणेश लामासहित चार जनाबारे मात्र बोलेको थियो । सो मुद्दामा मनाङेसमेत जोडिएको गाइगुइँसँगै खोज्दा उनी सोही मुद्दामा तीन वर्ष अझै जेल बस्नुपर्ने दोषी रहेको खुल्यो ।

छक्क पार्ने सेटिङ

मनाङे दोषी ठहर भए पनि उनको खोजी भने माघ ७ बाट मात्रै सुरु भयो । सर्वोच्चको फैसलासँगै मनाङेको पोल खुलेपछि मात्रै काठमाडौं जिल्ला अदालतले तात्कालीन पुनरावेदन अदालतको फैसला अनुसारको लगत माघ ७ मा कसेपछि प्रहरी उनको खोजीमा जुटेको थियो । यसपछि मात्र मनाङे कानुनी रुपमा फरार दोषीमा दर्ज भए ।

अदालतको प्रशासन र प्रहरीको पोल खुलेपछि बल्ल केन्द्रदेखि जिल्ला तहका प्रहरी मनाङेको खोजीमा खटियो । मनाङेलाई पहिला कसले पक्राउ गर्ने अहिले प्रतिस्पर्धा चलेको छ, प्रहरीमाझ ।

‘मनाङेबारे बुझ्दा उनी हत्या प्रयासको मुद्दामा कैद सजाय काट्न बाँकी दोषी रहेको अदालतबाट जानकारी पाएपछि खोजी सुरु गरेका छौं,’ मनाङेको खोजीमा खटिएको सिआइबीका प्रमुख डिआइजी पुष्कर कार्कीले भने ।

१० वर्षसम्म मनाङेको वास्तविकता लुक्नु संयोग देखिदैन । पुनरावेदनमा फैसलाबारे जानकारी दिन जिल्लाको नाममा पत्र काटेको देखिनु तर जिल्लामा त्यसको लगत नचढ्नु अनि प्रहरीले मनाङेको मुद्दाबारे चासो नराख्नु संयोग हैन, सेटिङ हो भन्ने घटनाक्रमले नै देखाउँछ ।

चार सरप्राइज जो काम लागेनन्

२०७४ को उनको पहिलो सरप्राइज थियो, सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा कालो भनिएको उनको १३ करोड सम्पत्ति विशेषको फैसलाबाट सेतो हुनु ।

विभाग र ब्युरोले चक्रे मिलन, गणेश लामा, अभिषेक गिरी, पर्शुराम बस्नेतसँगै मनाङेको सम्पत्तिको स्रोतको अनुसन्धान गरेर खुलेको १३ करोडको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको थियो । अन्यको मुद्दा विचाराधीन नै हुँदा उनले सफाइ पाएका थिए ।

विशेषको सफाइसँगै दोस्रो सरप्राइज आयो, उनको एमाले यात्रा । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस र थरुहटहुँदै राप्रपामै फर्किएका उनलाई एमालेले एकाएक स्वागत गर्यो प्रदेश सभा निर्वाचन अगाडि ।

राप्रपाबाट मनाङ जिल्ला अध्यक्ष भएका उनी दलबलसहित एमाले प्रवेश गरे । एमालेले उनलाई सदस्यमा मात्रै खुम्च्याउन चाहेन । प्रदेश सांसद बनाउने तयारी गर्यो । एमालेले तेस्रो सरप्राइज दियोे मनाङ प्रदेश ९ख० बाट उम्मेदवार सिफारिस गरेर ।

गुण्डाको न्यानो स्वागत भन्दै आलोचना बढेपछि टिकट खण्डा लामाको हातमा पुगे पनि अन्त्यमा एमालेले आधिकारिक उम्मेदवारको उम्मेदवारी फिर्ता गराएर स्वतन्त्र उम्मेदवार बनेका मनाङेलाई साथ दियो । मनाङका मतदाताले जिताइदिएर माननीय बनाइदिए ।

मनाङे ठमेल धोबीचौर क्षेत्रको सामान्य गुण्डागर्दीबाट अगाडि बढेको केटा हो । केही केटाहरु लिएर झगडा गर्दै आउने उसको प्रवृत्ती देखिन्थ्यो । ऊ आफैँ कुटपिटमा उत्रिनुभन्दा आफ्ना केटाहरु लगाउन खप्पिस देखिन्छ । उसको मसलभन्दा बढी दिमाग चल्छ ।

ठमेलमा मनाङ जिल्लाका धेरै बस्छन् । उसलाई मनाङकै मान्छेले पनि चलाए । मनाङ भन्नेवित्तिकै पैसा, पावरमा प्रभाव बढी देखिन्छ । मनाङवासीको तत्कालिन राजपरिवारसँग पनि राम्रै टच हुन्थ्यो । यसले दिपकलाई सजिलै पैसा र पावरमा लिंक गराएको देखिन्छ ।

चक्रे मिलनको पृष्ठभूमि पहिल्यैदेखि बदमास देखिन्छ तर मनाङे बुझ्ने भएपछि मात्र बदमास भएको देखिन्छ । केटाहरु भेला पार्ने, खुवाउने, पिलाउने, खर्च दिने उसको प्रवृत्ती देखिन्छ । यसले उसलाई ठमेल क्षेत्रमा प्रभाव बढाउन सजिलो बनायो । काठमाडौंका अन्य गुण्डाहरु कोही ढुंगाखानीतिर लागे कोही बालुवाखानी ठेक्कापट्टामा । सजिलै पैसा कमाउने र अरु लागिनसकेको देखेपछि मनाङे रात्रिकालीन व्यवसायमा गएको देखिन्छ ।

ठमेल उसकै क्षेत्र पनि हो । मनाङेको बसोबास पनि बाक्लै भएकाले उसलाई त्यस क्षेत्रमा प्रभाव बढाउन सजिलो भयो । अगाडि बढ्न संरक्षण पनि चाहिन्छ । टोलका प्रतिष्ठित र प्रभाव रहेको व्यक्तिको सहयोग पनि पायो । पुलिसदेखि गुन्डा डराउँछन्, गुन्डादेखि नेता, नेतादेखि पुलिस भन्नेबारे ऊ जानकार भयो । उसले आफ्नो खराब काम लुकाउन यही चेनको राम्रो उपयोग ग¥यो । नेताको संरक्षणमा गयो ।

नेताको संरक्षणको आडमा केही प्रहरीको संरक्षण पनि पायो । केही प्रहरी अधिकृतले मनाङेको बदमासीमाथि आँखा नचिम्लिदिएको भए अहिलेको अवस्थामा पुग्न सक्दैनथ्यो ।

नयाँ प्रहरी आएपछि आफ्नो कार्यकालमा केही गलत काम नहोस् भनेर मनाङे जस्तालाई बोलाएर ‘मेरो पालामा केही गरिस् भने म सिध्याउँछु’ भनेर थर्काउने गलत प्रवृत्ती छ । यो भनेको अरुको पालामा जे सुकै गर् भनेको जस्तै हो । यो पनि एक प्रकारको संरक्षण हो ।

अहिले पनि अप्रत्यक्ष रुपमा ठेकापट्टामा, कम्प्लेक्समा, हाउजिङमा, असुलीमा गुण्डाहरु सक्रिय देखिन्छन् । पहिलेको तुलनामा गुण्डागर्दी केही हदसम्म मत्थर भएको छ तर अहिले पनि फिरौती उठाउने काम हुन्छ । उनीहरुको अपराध कार्यविधि फेरिएको देखिन्छ । किडन्याप गर्दैनन् तर थर्काएर पैसा लिइरहेका छन् ।

पञ्चायतकालमा समेत गुण्डागर्दी नभएको हैन । बढेको २०४६ पछि हो । राजनीतिक पद्धति परिवर्तन भयो । नेतालाई सहयोगी चाहियो । टोलमा हाट्टहुट्ट गर्नसक्ने नेताका सहयोगी बने । ती नेता सत्तामा पुगेपछि ती गुन्डाले आर्थिक अवस्था बलियो बनाए । आर्थिक अवस्था बलियो भएपछि गुण्डा नेताको पछि हैन नेता गुण्डाको पछि लाग्न थाले । गुण्डा पार्टीको सदस्य बन्न थाले । कोही केन्द्रीय सदस्य भए, कोही सांसद ।

मान्छे सुध्रिन पनि सक्छ तर वास्तविक सुध्रिएको छ कि छैन भन्ने बुझ्न जरुरी छ । अहिलेको ब्याकग्राउन्ड के छ बुझ्न जरुरी छ । सुध्रिएको अवस्थामा कोही नेता बन्लान्, कोही व्यापारी तर अहिलेकै अवस्थामा मनाङे सुध्रिएको चरणमा हैन । भर्खरै सजाय काट्दैछ । दबाबमा परेर हो या प्रभावमा मनाङेलाई सांसद बनाउन दल हतारिएकै हो ।

घरको वातावरणले कस्तो व्यक्ति बनाउने भन्ने ठूलो भूमिका खेलेको हुन्छ । गुन्डा हुनलाई नेगेटिभ इम्प्रेसन हुने काम बच्चादेखि नै देखाउँदो रहेछ । केही गुन्डाको पृष्ठभूमि केलाउँदा देखिएको तथ्य हो यो ।

राज्यले चाह्यो भने यो गुन्डाराज दुई दिनमा सकिन्छ । कसैले नचाहेर होला, कसैले चाहेर गर्न नसकेको होला । यसका लागि क्राइम प्याटर्न विश्लेषणलाई राम्रोसँग प्रयोग गर्न सक्नुपर्छ ।

दीपककै कुरा गरौं । पोजिटिभ र नेगेटिभ प्रभाव के–के भए, कसरी वृत्तिविकास भयो, उसलाई टोले गुण्डाबाट गुण्डा नाइके बन्नबाट रोक्न राज्यका निकायको कहाँ कमी–कमजोरी भयो, यसको विश्लेषण आवश्यक छ । भोलिका दिनमा अर्को मनाङेको उत्पादन रोक्ने हो भने उनीहरुको क्राइम प्याटर्न एनालाइसिस गरेर रणनीति बनाउन आवश्यक छ । अपराध शून्य कहीँ, कहिल्यै हुन्न । नियन्त्रण गर्न सकिन्छ । यत्ति गर्ने हो भने नयाँ गुण्डा नाइकेको उत्पादन नियन्त्रण सम्भव छ । ९नेपाल रिपब्लिक मिडियाको शुक्रवार साप्ताहिकबाट०

Leave a Reply

Your email address will not be published. Required fields are marked *