फिल्मी हिरो सरोज खनालका दाजु प्रदिपको निधन

समाचार

काठमाडौ । नेपाली चलचित्रका प्रशिध्द अभिनेता सरोज खनालका दाजु प्रदिपकुमार खनालको ६५ वर्षको उमेरमा निधन भएको छ। उनि पुराना पोल्ट्री ब्यबसायी थिए। नेपाल ह्याचरी उध्योग संघका पुर्व महासचिव तथा नेपाल अण्डा उत्पादक संघका पुर्व उपाध्यक्ष रहेका स्वर्गीय खनाल बौध्दिक ब्यक्तित्वका रुपमा परिचित थिए।

दुई श्रीमान र महिलालाई संगै राखेर वडाध्यक्षले गराए यस्तो सहमति, यसरी मिल्यो दुई श्रीमानको विवाद (भिडियो हेर्नुस्)

काठमाडौ । मोरगंको लेटागं नगरपालिकामा भएको एउटा अनौठो घटनाले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । वैदेशि रोजगारीमा गएका श्रीमानलाई थाहा नदिई दुई छोरीलाई पनि अलपत्र पारेर अर्कै पुरुषसंग गएकी महिला फेरी ७ महिना पछि पुरानै श्रीामनसंग फर्किएपछि विवाद भएको थियो । महिलाले आफुलाई फकाएर झुटो बोलेर लगेपनि घरमा लगेर दुख दिएको भन्दै पहिलो श्रीमानसंगै फर्किएकी थिइन् ।

पहिलो श्रीमानवाट दुई सन्तान भएका कारण सन्तानका कारणले आफुलाई छोडेर ७ महिनासम्म अन्तै बसेकी श्रीमतीलाई पनि स्वीकार गरेका थिए । दुई दिन सम्म यो विषयले निकै चर्चा पाएको थियो । दोस्रो श्रीमानले आफ्नो सुन र ४ लाख रुपैया लिएर श्रीमती पहिलो श्रीमानसंग फर्किएको भन्दै दावी गरेका थिए ।

अहिले वडा कार्यालयमा यो विषय पुगेपछि सहमति भएको छ । श्रीमती पहिलाकै श्रीमानसंग बस्ने र उनले दोस्रो श्रीमानलाई डेढ लाख रुपैया दिनुपर्ने सहमति गरिएको हो । पाँचथरको मिक्लाजुङ–१ का हिमाल राई म अन्यायमा परे भनेर न्याय खोज्न हिडे पछि वडा कार्यालयले यस्तो सहमति गराइदिएको हो । डेढ महिना भित्रमा एक लाख ५० हजार रुपैया दिनुपर्ने सहमति गराएको पडाध्यक्षले बताएका छन् ।

सोही ठाउँका भूपाल राईको श्रीमती बुद्धिमाया हिमालसंग दोस्रो विवाह गरेर आएकी थिइन् । दोस्रो विवाह गरेकी महिला फेरी पहिलो श्रीमानसंग फर्किएपछि अहिले विवाद भएको थियो । वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाहरुको वाध्यता हो । तर श्रीमान श्रीमती लामो समय टाढा हुँदा मनको दुरी पनि बढ्ने र दोस्रो पक्षसंग सम्बन्ध स्थापित गराउने क्रम बढेका कारण यस्तो घटना दिनहुँ जसो सार्वजनिक हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *