६५ बर्ष पुगेकालाई भत्ता दिने निर्णय गलत छ: गगन थापा

Uncategorized

रौतहट । नेपाल काँग्रेसका नेता गगन थापाले पार्टी भित्र नेतृत्व हस्तान्तरणमा बहस र छलफल आवश्यक भएको बताउनुभएको छ । निर्वाचनमा पराजय हुनु शीर्ष नेताको कमजोरी रहेको बताँउदै काग्रेसमा अव युवा पुस्ताले नेतृत्व लिने बेला आएको जिकिर गर्नुभयो ।

रौतहटको चन्द्रनिगाहपुरमा आयोजित निर्वाचन पछिको सन्र्दभ र नेबि संघको भुमिका बिषयक २ नम्वर प्रशिक्षण कार्यक्रममा युवा नेता थापाले कांग्रेसको नेतृत्व युवा पुस्तालाई स–सम्मान हस्तान्तरण गर्नुको बिकल्प नरहेको बताउनुभयो ।

अधिकांश समय पार्टी सुधारको पक्षमा बोल्नुभएको थापाले पार्टीका अग्रज नेताहरुलाइ उच्च सम्मानका साथ राख्ने र नेतृत्व भने यु्वा पुस्ताले पाउनु पर्ने जिकिर गर्नुभयो ।

थापाले सरकारले ६५ बर्ष पुगेका बृद्धबृद्धाहरुलाइे भत्ता दिने भनि गरेको निर्णय ठिक नभएको समेत बताउनुभयो । यस्तै पार्टीका अर्को केन्द्रीय सदस्य धनराज गुरुङले पार्टी अब एक ढिका भएर जानुको कुनै बिकल्प नभएको बताउनुभयो ।

बिभिन्न कारणले प्रतिनिधि सभा र प्रदेश सभामा हार बेर्होनु परेको भएता पनि अब आउदो निर्वाचनमा बहुमत ल्याउने गरी नेतृत्व बर्गले नेता तथा कार्यकर्तालाइ परिचालन गर्नु पर्ने बताउनुभयो । lightnepal बाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *