दुई श्रीमान र महिलालाई संगै राखेर वडाध्यक्षले गराए यस्तो सहमति, यसरी मिल्यो दुई श्रीमानको विवाद (भिडियो हेर्नुस्)

भिडियो

दुई श्रीमान र महिलालाई संगै राखेर वडाध्यक्षले गराए यस्तो सहमति, यसरी मिल्यो दुई श्रीमानको विवाद (भिडियो हेर्नुस्)

काठमाडौ । मोरगंको लेटागं नगरपालिकामा भएको एउटा अनौठो घटनाले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । वैदेशि रोजगारीमा गएका श्रीमानलाई थाहा नदिई दुई छोरीलाई पनि अलपत्र पारेर अर्कै पुरुषसंग गएकी महिला फेरी ७ महिना पछि पुरानै श्रीामनसंग फर्किएपछि विवाद भएको थियो । महिलाले आफुलाई फकाएर झुटो बोलेर लगेपनि घरमा लगेर दुख दिएको भन्दै पहिलो श्रीमानसंगै फर्किएकी थिइन् ।

पहिलो श्रीमानवाट दुई सन्तान भएका कारण सन्तानका कारणले आफुलाई छोडेर ७ महिनासम्म अन्तै बसेकी श्रीमतीलाई पनि स्वीकार गरेका थिए । दुई दिन सम्म यो विषयले निकै चर्चा पाएको थियो । दोस्रो श्रीमानले आफ्नो सुन र ४ लाख रुपैया लिएर श्रीमती पहिलो श्रीमानसंग फर्किएको भन्दै दावी गरेका थिए ।

अहिले वडा कार्यालयमा यो विषय पुगेपछि सहमति भएको छ । श्रीमती पहिलाकै श्रीमानसंग बस्ने र उनले दोस्रो श्रीमानलाई डेढ लाख रुपैया दिनुपर्ने सहमति गरिएको हो । पाँचथरको मिक्लाजुङ–१ का हिमाल राई म अन्यायमा परे भनेर न्याय खोज्न हिडे पछि वडा कार्यालयले यस्तो सहमति गराइदिएको हो । डेढ महिना भित्रमा एक लाख ५० हजार रुपैया दिनुपर्ने सहमति गराएको पडाध्यक्षले बताएका छन् ।

सोही ठाउँका भूपाल राईको श्रीमती बुद्धिमाया हिमालसंग दोस्रो विवाह गरेर आएकी थिइन् । दोस्रो विवाह गरेकी महिला फेरी पहिलो श्रीमानसंग फर्किएपछि अहिले विवाद भएको थियो । वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाहरुको वाध्यता हो । तर श्रीमान श्रीमती लामो समय टाढा हुँदा मनको दुरी पनि बढ्ने र दोस्रो पक्षसंग सम्बन्ध स्थापित गराउने क्रम बढेका कारण यस्तो घटना दिनहुँ जसो सार्वजनिक हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *